यूएईले पाँच वर्षे मल्टिपल इन्ट्री टुरिस्ट भिसा जारी गर्ने

साझासवाल
1 Min Read

<p>कार्तिक २४, काठमाडौं ।&nbsp; यूएईले पाँच वर्षे पल्टिपल इन्ट्री टुरिस्ट भिसा जारी गर्ने भएको छ । कोरोना महामारीपछि आफ्नो देशमा पर्यटकको सङ्ख्या बढाउन र यूएईलाई विश्वको मुख्य पर्यटक गन्तव्यको रूपमा स्थापित गर्न भिसा प्रणाली सहज बनाएको हो ।&nbsp;</p><p>पाँच वर्षको मल्टिपल टुरिस्ट भिसा अन्तर्गत पर्यटकहरू पटक पटक यूएई आउजाउ गर्न सक्नेछन् । पर्यटकले पटक पटक भिसा लगाउने झन्झट गर्न पर्ने छैन । एक पटक जाँदा ९० दिनसम्म बस्न पाइने छ भने थप ९० दिन आफ्नो बसाई लम्ब्याउन पनि सकिन्छ । यो भिसा संसारका सबै देशका नागरिकले पाउने खबर<a href="https://www.khaleejtimes.com/travel/uae-5-steps-to-apply-for-5-year-multiple-entry-tourist-visa" target="_blank"> खालिज टाइम्स</a>ले लेखेको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply