पुस १९, डोडोमा [तान्जानिया] । दक्षिणी तान्जानियामा एउटा कार भीडमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएको राष्ट्रपति कार्यालयले सोमबार जनाएको छ।

प्रहरीका अनुसार दक्षिणपूर्वी मटवारा क्षेत्रको लिदुम्बे गाउँमा आइतबार अबेर राति उक्त दुर्घटना भएको हो ।

दुर्घटनाको कारण तीव्र गति रहेको र चालकले नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको बताइएको छ ।

तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसनले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

Related News