हाइटीमा जिउँदै जलाएर पत्रकारको हत्या !

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

पुस २३, काठमाडौँ, एजेन्सी | हाइटीमा दुई पत्रकारको जिउँदै जलाएर हत्या गरिएको छ। हाइटीको पोर्ट-ओ-प्रिन्सको पेटन भिले भिले नजिक टि मकाक नामको गिरोहले दुई पत्रकारलाई जिउँदै जलाएर हत्या गरेको हाइटियन सुरक्षा बललाई उदृत गर्दै सीएनएनले जनाएको छ।

आक्रमणको कारण र विवरण अस्पष्ट रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ। सो घटनामा तेस्रो पत्रकार भने भाग्न सफल भएको बताइएको छ। हाइटियन मिडिया आउटलेट रेडियो इकोउट एफएमले पत्रकारलाई यस क्षेत्रमा सुरक्षाको अभावको रिपोर्टिंग गर्ने क्रममा पहिला गोली हानिएको र जिउदै जलाएर मारिएको बताएको छ।

आक्रमणहरू पोर्ट-ओ-प्रिन्समा चरम हिंसा र बिग्रँदै गएको सुरक्षा अवस्थाको पृष्ठभूमिमा आएका छन्, प्रतिद्वन्द्वी समूहहरू एकअर्कासँग लडिरहेको बताइएको छ। गत वर्ष जुलाईमा, हाइटीका राष्ट्रपति जोभेनेल मोइसेलाई उनको निजी निवासमा आक्रमणको क्रममा हत्या गरिएको थियो, जुन घटनाले हाइटीमा हिंसा र बढ्दो मानवीय संकटलाई झन संकटमा पुर्याएको छ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply