तालिबानका कार्यवाहक विदेशमन्त्री वार्ताका लागि तेहरानमा

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>पुस २५, काठमाडौँ, एजेन्सी | </b>अफगानिस्तानको नवगठित सरकारका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकी विभिन्न विषयमा वार्ता गर्न शनिबार इरानको राजधानी तेहरान पुगेका छन्&nbsp;। उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका मुत्ताकीले इरानी अधिकारीहरूसँग राजनीतिक र आर्थिक मुद्दाका साथै इरानमा रहेका अफगान शरणार्थीहरूबारे वार्ता गनु तेहरान टाइम्स दैनिकले जनाएको छ।<br></p><p>इरानले तालिबानलाई मान्यताको माध्यमका रुपमा समावेशी सरकार गठन गर्न आग्रह गरेको छ। इरान र छिमेकी देशहरूले अफगानिस्तानमा सबैभन्दा बढी जोड दिएका कुरा भनेको समावेशी सरकारको गठन हो। यसले अफगानिस्तानको जातीय र जनसख्याको आधारमा रहेको विविधतालाई प्रतिबिम्बित गर्ने इरानी विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले आफ्नो पछिल्लो प्रेस सम्मेलनमा भनेका छन्&nbsp;।</p><p>इरान सरकारले तेहरानमा रहेको अफगान दूतावास तालिबानलाई हस्तान्तरण गर्ने इरानको समाचार वेबसाइटले शनिबार जनाएको छ। इरानी सरकारले अहिलेसम्म तालिबान सरकारलाई मान्यता दिएको छैन, तर इरानमा अफगान नागरिकहरुको मामिला हेर्नको लागि तेहरानमा रहेको अफगान दूतावास तालिबानलाई सुम्पिने जनाइएको छ।&nbsp;</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply