माओवादीले दार्चुलाका दुई नगर र सात गाउँपालिकाको उम्मेदवार टुङ्गो लगायो

Posted on: 25 Apr, 2017

बैशाख १२, दार्चुला । नेकपा (माओवादी केन्द्र) दार्चुला जिल्ला कमिटीले यहाँका दुई नगरपालिका र सात गाउँपालिकाको प्रमुख र उपप्रमुखको नामावली प्रदेश कमिटीमा सिफारिस गरेको छ । 

उक्त दलका इन्चार्ज मानबहादुर धामीले प्रदेश नं ७ को कमिटीलाई दार्चुलाबाट उम्मेदवारको नामावली सिफारिस गरेको जानकारी दिनुभयो । 

उहाँका अनुसार शैल्यशिखर नगरपालिकाको प्रमुखमा मोहनदेव विष्ट र उपप्रमुखमा लक्ष्मी लुहारको नाम सिफारिस गरिएको छ । सिफारिस हुनुभएका विष्टले केही समयअघि क्याम्पस प्रमुखबाट राजीनामा दिनुभएको छ । 

त्यसैगरी महाकाली नगरपालिकाको प्रमुखमा खडकसिंह धामीको नाम सिफारिस गरिएको तर उपप्रमुखको सिफारिस गर्न बाँकी रहेको उहाँले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!