बाजुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र डडेल्धुराका स्थानीय तहको नाम परिवर्तन

Posted on: 15 Feb, 2019

फागुन ३, डोटी (रासस) | सरकारले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ । प्रदेशका सात वटा स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरिएको हो । 

बाजुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र डडेल्धुराका स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएका हुन् । बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर तोकिएको छ । पाण्डवगुफा गाउँपालिकाको नाम जगन्नाथ र केन्द्र जुड्डी बाजुरा तोकिएको छ । 

यस्तै स्वामीकार्तिक गाँउपालिकाको नाम स्वामीकार्तिक खापर र केन्द्र वाई, छेदेदह गाँउपालिकाको नाम खप्तड छेदेदह गाँउपालिका राखिएको छ । यस्तै बझाङको काँडा गाउँपालिकाको नाम साइपाल, डोटीको वोगटान गाउँपालिकाको नाम वोगटान–फुड्सिल, सायल गाउँपालिकाको केन्द्र ओमनगर तोकिएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाको केन्द्र सल्ला–बान्चौर राखिएको छ । बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे राखिएको छ । धुलिगडा केन्द्र रहेको दार्चुलाको नौगाड गाउँपालिकाको केन्द्र होपरीगडा र लेकम गाउँपालिकाको केन्द्र रातामाटा कायम गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!