समाज | दार्चुला - DCL


दार्चुलामा भिरबाट लडेर प्रहरी जवानको मृत्यु

Posted on March 11, 2024 | views : 418 | दार्चुला - DCL

फागुन २८,  दार्चुला |  दार्चुलामा प्रहरी जवान सुवान चौधरीको भिरबाट लडेर मृत्यु भएको छ। आज बिहान अन्दाजी ११: ३० बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडी रहेको भिरबाट लडेर प्रहरी जवान चौधरीको मृत्यु भएको जिल्ला अस्पताल स्रोतले जनाएको छ।  प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका–१ का

Read More

दार्चुलामा बस दुर्घटना, १६ जना घाइते

Posted on January 19, 2024 | views : 259 | दार्चुला - DCL

माघ ५, धनगढी | दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । शुक्रबार बिहान महेन्द्रनगतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा दुर्घटना भएको हो । बस सडकबाट करीब २५ मिटर तल खसेको छ । दुर्घटनाको कारण भने ख

Read More

घरमा आगलागी हुँदा जलेर ४ महिनाका बालकको मृत्यु

Posted on December 28, 2023 | views : 276 | दार्चुला - DCL

पुस १२, धनगढी | दार्चुलामा घरमा आगलागी हुँदा जलेर चार महिनाका बालकको मृत्यु भएको छ । बुधबार साँझ नौगाड गाउँपालिका-३ होपरीगाड बस्ने रणबीर टमटाको घरमा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा उनका चार महिनाका छोरा विजयको मृत्यु भएको प्रहरीले जनाएको छ । रणबीरको चार महिनाका छोरा विजयको जलेर घटनास्थलमै मृत्यु

Read More

दार्चुलामा यात्रु वाहक दुई बस एक–आपसमा ठोक्किए

Posted on November 27, 2023 | views : 730 | दार्चुला - DCL

मङ्सिर ११, धनगढी । दार्चुलामा यात्रु वाहक दुई बस एक–आपसमा ठोक्किएका छन् । महाकाली राजमार्ग अन्तर्गत मालिकार्जुन गाउँपालिका–८ थप्तोलीमा सोमबार दुई बस एक–आपसमा ठोक्किएका हुन्। दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११४७ नम्बरको बस र मालिकार्जुनबाट दार्चुला सदरमुकामका

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 4759 | दार्चुला - DCL

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6052 | दार्चुला - DCL

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

मोदीले नेपाली भूमी भ्रमण गर्दा स्थानीय प्रशासन बेखबर

Posted on October 12, 2023 | views : 520 | दार्चुला - DCL

असोज २५, काठमाडौँ | नेपाली भूमीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गर्दा स्थानीय प्रशासन बेखबर रहेको पाइएको छ । नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै मोदी कैलाश पर्वत र पार्वती सरोवर दर्शन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार बिहान साढे ९ बजे उनले नेपाली सीमाभित्र रहे

Read More

शरीरमा मट्टीतेल छर्केर आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु

Posted on August 28, 2023 | views : 447 | दार्चुला - DCL

भदौ ११, धनगढी | दार्चुलामा शरीरमा मट्टीतेल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ । आइतबार घरमा कोही नभएको बेला शरीरमा आगो लगाएकी  शैल्यशिखर नगरपालिका-५ सेतकलाकी ४५ वर्षीया सुना साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ । दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्करा

Read More

दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरको शंकास्पद उडान, प्रशासनले गरायो ध्यानाकर्षण

Posted on August 08, 2023 | views : 747 | दार्चुला - DCL

साउन २३, दार्चुला | विगत केही दिनदेखि दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरले चक्कर लगाइरहेको छ। दार्चुला सदरमुकाम खलंगाको माथि आकाशमा भारतीय हेलिकप्टरको शंकास्पद उडानले स्थानीय त्रसित भएका छन् । दार्चुला सदरमुकाम खलंगा स्थित नेपाली सेनाको गुरु गोरख गुल्म , जिल्ला प्रशासन कार्यालय, जिल्ला प्र

Read More

कालापानी क्षेत्रमा मृत भेटिए भेडाबाख्रा चराउन गएका युवक

Posted on August 03, 2023 | views : 476 | दार्चुला - DCL

साउन १८, दार्चुला | भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा भेडा चराउन गएका नेपाली युवाको मृत्यु भएको छ । भेडाबाख्रा चराउन गएका १९ वर्षीय गोठाला विनोद ठगुन्नाको मंगलबार ढुंगा लागेर मृत्यु भएको आफन्तले जनाएका छन् ।  नौगाड गाउँपालिका-३ दल्लेकका स्थानीय विनोदको ढुंगा लागेर मृत्यु भएको भए

Read More

विद्यार्थीबीचको झगडामा विद्यालय परिसरमा विद्यार्थीलाई हातपात गर्ने अभिभावक पक्राउ

Posted on June 29, 2023 | views : 523 | दार्चुला - DCL

असार १४, दार्चुला | दार्चुलाको विद्यालयमै पसेर विद्यार्थीलाई हातपात गर्ने एक जना अभिभावक पक्राउ परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित लटिनाथ मावि बस्कोटमा अध्ययनरत १४ वर्षीय आसुतोष साउँदलाई कुटपिट गर्ने बैतडीको डिलासैनी गाउँपालिका–६ घर भएका हरिश गिरीलाई प्रहरीले पक्राउ गरेको हो । असार ११

Read More

फोहोर नउठाएपछि स्थानीयले फाले नगरपालिका कार्यालयभित्र फोहोर

Posted on June 27, 2023 | views : 606 | दार्चुला - DCL

असार १२, दार्चुला | दार्चुलाको शैल्यशिखर नगरपालिकाले लामो समयदेखि गोकुलेश्वर बजारको फोहोर नउठाएपछि गोकुलेश्वरवासीले सङ्कलन गरेर नगरपालिकाको परिसरमा फालेका छन् । शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर बजारबाट निस्किने फोहरमैला विगत लामो समयदेखि नगरपालिकाले व्यवस्थापन नगरेको भन्दै स्थानीय तथा व्यापारीह

Read More

दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प

Posted on June 20, 2023 | views : 515 | दार्चुला - DCL

असार ५, दार्चुला | दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिय

Read More

चट्याङ लागेर घाइते तीन यार्सागुम्बा सङ्कलककाे चार दिनपछि उद्धार

Posted on May 16, 2023 | views : 390 | दार्चुला - DCL

जेठ २, दार्चुला | दार्चुलामा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा सङ्कलकको चार दिनपछि उद्धार गरिएको छ । घाइते यार्सा सङ्कलकहरुको आज बिहान ९ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी तीनै जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको प्रमुख जिल्ला अधिकारी कि

Read More

दार्चुलाको हिम पहिरोमा बेपत्ता एक जनाको शव ८ दिनपछि भेटियो

Posted on May 11, 2023 | views : 462 | दार्चुला - DCL

बैशाख २८, काठमाडौं | दार्चुलाको हिम पहिरोमा बेपत्ता भएका एकको शव ८ दिन पछि भेटिएको छ । बुधवार डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै बेपत्ता पाँचै जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् । दार्चुलाको ब्याँस गाउँपालिका–१ भोलुममा वैशाख १९ गते गए

Read More

दार्चुलाको हिम पहिरोमा परेका थप एक जनाको शव भेटियो

Posted on May 08, 2023 | views : 474 | दार्चुला - DCL

वैशाख २५, काठमाडौँ | दार्चुलाको हिम पहिरोमा परेका थप एक जनाको शव भेटिएको छ । १९ वैशाखमा दार्चुलाको ब्यास गाउँ पालिकामा गएको हिमपहिरोमा हराइरहेकाको खोजीमा जुटेको सशस्त्र प्रहरीले एक जनो शव फेल पारेको हो । डोटीको जोरायल गाउँपालिका-२ कि २८ वर्षीया इश्वरी थापाको शव सशस्त्र प्रहरी बल नं. ५० गुल्म छाङ्रुक

Read More

दार्चुला हिम पहिरो अपडेटः दुई महिलासहित तीन जनाको शव भेटियो

Posted on May 03, 2023 | views : 627 | दार्चुला - DCL

बैशाख २०, महेन्द्रनगर | दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्र्पकबिहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ । मङ्गलबारदेखि हिमपहिरोमा परी सम्र्पकबिहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो  भने पाँचजना सम्र्पकबिहीन थिए । दा

Read More

दार्चुला हिमपहिरो अपडेट : बेपत्ताको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाई

Posted on May 03, 2023 | views : 474 | दार्चुला - DCL

बैशाख २०, दार्चुला | दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कलकको पहिचान खुलेको छ । बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो ।   सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टका अनुसार बेपत्

Read More

दार्चुला हिमपहिरो अपडेट: यार्सागुम्बा सङ्कलकहरु बेपत्ता

Posted on May 02, 2023 | views : 726 | दार्चुला - DCL

वैशाख १९, दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा आज दिउँसो गएको हिमपहिरोमा परी पाँच यार्सागुम्बा सङ्कलक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चार महिला र एक पुरुष रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मङ्गलबार दिउँसो

Read More

दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता

Posted on April 22, 2023 | views : 464 | दार्चुला - DCL

बैशाख ९, दार्चुला | दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन् ।  जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथो

Read More

भिरमा अड्किएको अवस्थामा किशोर–किशोरी मृत फेला

Posted on April 14, 2023 | views : 609 | दार्चुला - DCL

बैशाख १, दार्चुला | दार्चुलामा भिरमा अड्किएको अवस्थामा किशोर- किशोरी मृत फेला परेका छन्।  जिल्लाको नौगाड गाउँपालिका–५ बासिडाँडामा बिहीबार अन्दाजी १६/१७ वर्षका किशोर किशोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज

Read More

जर्बजस्तीको आरोप लागेपछि वडा अध्यक्ष फरार

Posted on February 22, 2023 | views : 611 | दार्चुला - DCL

फागुन १०, दार्चुला | जबरजस्ती करणीको आरोपमा पक्राउ पूर्जी जारी भएपछि दार्चुलाका एकजना वडा अध्यक्ष फरार भएका छन् ।  जर्बजस्ती करणीको आरोप लागे लगत्तै मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिह धामी फरार भएका हुन् । फरार धामीले सोही गाउँपालिकाका महिलालाई गत २० माघमा राती घरमा गएर जर्वजस्ती गर

Read More

दार्चुला बालक मृत्यु घटना : भारतीय निर्माण कम्पनीले पीडितलाई १६ लाख क्षतिपूर्ति दियो

Posted on October 30, 2022 | views : 899 | दार्चुला - DCL

कात्तिक १३ , दार्चुला | सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई १६ लाख क्षतिपूर्ति दिएको छ । गए राति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली जनप्रतिनिधिबीच सो रकम उपलब्ध गराउने सहमति भएको हो ।  भारतीय सडक

Read More

दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

Posted on September 23, 2022 | views : 998 | दार्चुला - DCL

असोज ७, दार्चुला | दार्चुलाको अपिहिमाल गाउँपालिका–५ गोगनपानीमा हिजो बेलुका जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा जिपमा सवार सोही गाउँपालिका–६ का १८ वर्षीय दिनेश धामी रहेका छन् ।  घाइते भएका जिप धनी र चालकलाई उपचारका लागि लाट

Read More

दार्चुला बाढी र पहिरो अपडेट: मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो

Posted on September 10, 2022 | views : 1260 | दार्चुला - DCL

भदौ २५, दार्चुला | दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो । गए राति आएको पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना १

Read More

दार्चुलामा जिप दुर्घटना: ५ जनाको घटनास्थलमै मृत्यु, छ घाइते

Posted on August 17, 2022 | views : 1740 | दार्चुला - DCL

भदौ १, दार्चुला | दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। छ जना घाइते भएका छन्। शैल्यशिखर नगरपालिका–६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको जीप दुर्घटना भएको हो। गोकुलेश्वरबाट खलंगाका लागी छुटेको से १ ज ५५१ नम्बरको जीप उल्लानीमा दुर्घटना भएको जिल्ला प्र

Read More

एसपी जोगाउन हवल्दारलाई जेल

Posted on August 15, 2022 | views : 1014 | दार्चुला - DCL

साउन ३०, काठमाडौँ | सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ। दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेश सिंह साहुले त्यहाँका गणपति त्रिभुवन विष्टले रासनमा गरेको अनियमितताबारे सञ्चारकर्मीलाई सूचना चुहाएपछि एसपीमाथि अ

Read More

निर्वाचनमा विजय जुलुसको भिडियो माग्दा झुक्किएर ‘पोर्न भिडियो’ पठाएपछि...

Posted on June 16, 2022 | views : 1753 | दार्चुला - DCL

असार २, दार्चुला | ५ जेठमा दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगडा लेकगाउँका रामसिंह धामीलाई गाउँकै पूर्णसिंह धामीले विजय जुलुसको भिडियो मागे । पूर्णसिंह भारतको बैङ्ग्लोरमा बस्छन् । उनी रामसिंहका नातामा काका पर्छन् । काकाले भिडियो मागेपछि उनले गाउँपालिका अध्यक्षमा विजयी भएका नेकपा (माओवादी केन्द्र)का

Read More