३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

४० मेगावाटको अपर चमेलियाको शिलान्यास

१ कार्तिक २०७७, शनिबार १२:०७

कात्तिक १, दार्चुला | ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले आज संयुक्तरुपमा शिलान्यास गर्नुभयो । 

उक्त आयोजना निजी क्षेत्रबाट निर्माण हुन लागेको सुदूरपश्चिमकै ठूलो आयोजना हो । २० महिनाभित्र निर्माण सक्ने लक्ष्यसहित आयोजनाको शिलान्यास गरिएको कम्पनीका सञ्चालक त्रितालले बताउनुभयो । आयोजनाको कूल लागत रु सात अर्ब ४० करोड छ । 

सो आयोजनामा छ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । हिमालयन बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकले रु पाँच अर्ब १८ करोड लगानी गरेका छन् । सञ्चालक त्रितालका अनुसार बैंक तथा वित्तीय संस्थाले गर्ने ऋण लगानी कूल लागतको ७० प्रतिशत हो । ३० प्रतिशत (रु दुई अर्ब २२ करोड) स्वपूँजी लगानी हुने जनाइएको छ ।

शिलान्याससँगै आयोजनाको संरचना निर्माणको काम शुरु गरिएको छ । २०५ मिटर हेड (उचाइ) रहेको सो आयोजनाका लागि ३.२ मिटर व्यास (डायमिटर) को करिब छ किलोमिटर पाइपलाइन निर्माण हुनेछ । अपी हिमाल गाउँपालिका–५ ओखलमा बाँध बाँधेर पाइपलाइनमार्फत ल्याइएको पानी मार्मा गाउँपालिका–२ घट्टेगाडमा निर्माण हुने विद्युत् गृहमा खसालिनेछ । 

आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको बलाँचस्थित १३२ केभी सबस्टेसनमा जोडिनेछ । सो आयोजना प्राधिकरणले निर्माण गरेको ३० मेगावाट क्षमताको चमेलियाभन्दा करीब १३ किलोमिटर माथि पर्छ । बलाँच सबस्टेसन चालू अवस्थामा रहेकाले विद्युत् जोड्न कुनै समस्या नहुने त्रितालले बताउनुभयो । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।

कम्पनीले यसअघि ८.५ मेगावाट क्षमताको नौगाड र आठ मेगावाट क्षमताको माथिल्लो नौगाड आयोजनाको निर्माण गरी प्रसारण प्रणालीमा जोडिसकेको छ । अपर चमेलियाको निर्माणपछि कम्पनीले लगानी गरेका आयोजनाको क्षमता ५६.५ मेगावाट पुग्नेछ । 

सो अवसरमा गाउँपालिका अध्यक्ष धामीले आयोजना निर्माणमा कुनै व्यवधान आउन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । “आयोजना निर्माणमा कुनै समस्या हुन दिइने छैन”, उहाँले भन्नुभयो, “आयोजना सञ्चालन भएपछि यहाँका नागरिकले प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी पाउँछन् । आयोजना निर्माणमा पूर्ण सहयोग पुर्याउँछौँ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए