२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यासको छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी

४ कार्तिक २०७७, मंगलवार ०३:५३

कार्त्तिक ४, दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिङ्कर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ । 

खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकोप्टर सदरमुकाम खलङ्गा आइपुगेको छ । हेलिकोप्टरले आजदेखि खाद्यान्न ढुवानी गर्ने तयारी गरेको छ । हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानी गर्न प्रदेश सरकारले रु ४५ लाख बजेट निकासा गरेको छ ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दार्चुलालाई खाद्य सामग्री ढुवानीका लागि बजेट उपलब्ध गराएको हो । प्रदेश सरकारले व्यास क्षेत्रमा हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानीमा अनुदान उपलब्ध गराएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालयका प्रमुख गङ्गाकुमारी मगरले जानकारी दिनुभयो । पहिलो चरणमा १८० क्विन्टल खाद्यान्न ढुवानी गरिन लागेको हो । चामल, नुन, दाल, तेललगायत खाद्यान्न सामग्री ढुवानीको तयारी गरिएको बताइएको छ ।

खाद्यान्नको जोहो गर्ने जिम्मा वडालाई दिइएको छ । स्थानीयवासीको मागका आधारमा वडाले छाङ्गरु र तिङ्करको लागि खाद्यान्न ढुवानी गर्न लागेको वडासचिव विनोद तिङ्करीले बताउनुभयो । “आजदेखि खाद्यान्न ढुवानी गरिन्छ”, उहाँले भन्नुभयो । दशैँअघि नै खाद्यान्न पुर्याउने लक्ष्यअनुसार तयारी गरिएको हो ।

दुवै गाउँका सबै घरधुरीका लागि ढुवानी अनुदानमा खाद्य सामग्री हेलिकोप्टरमार्फत पुर्याउन लागिएको हो । १९ असोजमा व्यास गाउँपालिकाको घाँटीबगरमा नेपाली सेनाले निर्माण गरेको बाटो उद्घाटन गर्न दार्चुला पुग्नुभएका मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकता दिएको दाबी गर्नुभएको थियो । स्थानीयवासीले व्यासको लागि तत्काल खाद्यान्न ढुवानी गर्न पटक–पटक माग गर्दै आएका थिए ।

यसअघि गत असारमा मात्रै खाद्यान्न ढुवानी गरिएको थियो । व्यासको छाङ्गरुमा ११७ घरधुरी र तिङ्करमा ७५ घरधुरीको बसोबास छ । व्यासका स्थानीयवासी आगामी मङ्सिरमा कुञ्चा अर्थात् बसाइँ सर्ने हुँदा दशैँअगावै खाद्यान्न ढुवानी गरिन लागेको हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल