२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलाको छाङरुमा टेलिकमको टावर निर्माण शुरु

२५ कार्तिक २०७७, मंगलवार ०९:२६

कात्तिक २५, दार्चुला । दार्चुलाको कालापानी नजिकैको गाउँ छाङरुमा नेपाल टेलिकमले नमस्तेको टावर निर्माण शुरु गरेको छ । स्काइ टावर मात्रै सञ्चालनमा रहेको व्यासको छाङ्रुमा टेलिकमले नमस्ते मोवाइल सेवाको टावर निर्माण शुरु गरेको हो । टावर निर्माणका लागि जग खन्ने काम शुरु गरिएको छ र हेलिकप्टरमार्फत टावरका समान ढुवानी गर्न थालिएको छ ।

छाङरु गाउँको स्वास्थ्यचौकी भवन नजिकै नेपाल टेलिकमको टावर निर्माण हुन लागेको हो । टेलिकमका लागि चाहिने भवन यसअघि नै सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत वर्ष निर्माण गरिएको छ । ‘दुईवटा भवन निर्माण भइसकेको छ’, व्यासका स्थानीय जगदीशप्रताप ऐतवालले भने, ‘घर बनिसकेको छ, टावरका लागि चाहिने जग खन्ने काम सोमबारदेखि शुरु गरिएको छ ।’

सरकारले त्रिदेशीय सीमा क्षेत्र पर्ने व्यासमा सञ्चारको पहुँच पुर्‍याउने उद्देश्यले नमस्तेको टावर निर्माण शुरु गरेको हो । व्यासमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म स्थापना भएपछि यो क्षेत्रमा झनै सञ्चार आवश्यक परेको थियो । गृह मन्त्रालयले व्यासको विकासका लागि विशेष प्याकेज बनाएर काम थालेसँगै टेलिकमको टावर पनि निर्माण शुरु गरिएको हो । नमस्तेको टावर जडान भएपछि भारतले अतिक्रमण गरेका तीन गाउँ, नावी, गुञ्जी र कुटीगाउँसम्म यसको पहुँच पुग्नेछ । कालापानी देखिने डाँडामै नमस्ते फोनको रिपिटर टावर राखिँदैछ । त्यो ठाउँबाट कुटीसम्मको गाउँ देख्न सकिन्छ भने भारतीय सुरक्षा अधिकारीलाई सहजै नेपाली सिम प्रयोग गर्न मिल्नेछ ।

यसअघि पनि व्यासको छाङ्रुमा रहेको स्काइ टावरले छायालेक, बुदी, गबर्‍याङका नागरिकलाई सहजरूपमा नेपाली फोनको सुविधा पुगेको थियो । टावर निर्माणका लागि १८० क्वीन्टल बढी टेलिकमका टावर तथा समान ढुवानी भइरहेको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए ।

हिमपात हुनुअघि नै टावर निर्माण गरेर सञ्चालन गर्ने तयारी छ । टावर सञ्चालनका लागि टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङ व्यासको छाङरु पुगेका छन् ।

सशस्त्र प्रहरीको भिएचएफ सञ्चार सेट पनि जडान गर्ने तयारी भएको छ । सशस्त्र प्रहरीलाई सञ्चार गर्न समस्या भएपछि छुट्टै प्रविधिमार्फत सञ्चार जोडिन लागेको हो । छाङ्गरुमा सुरक्षा उपस्थिति बढाएसँगै प्रभावकारी सञ्चारको व्यवस्थापन गर्न लागिएको हो । सरकारले भारतसँगको निर्भरता हटाउन दार्चुलाको व्यास गाउँपालिकामा विशेष एकीकृत कार्ययोजना तयार पारेर यो क्षेत्रको विकास निर्माण गर्न थालेको हो ।

सीमा क्षेत्रमा बसेका नागरिकले सार्वजनिक सेवा प्रवाहदेखि दैनिक जीवनयापनलगायतमा अभाव र समस्या झेल्नु नपरोस् र न्यूनतम सेवासुविधा आफ्नै देशबाट उपलब्ध गराउन सकियोस् भनेर रणनीतिक महत्वको कार्ययोजना ल्याइएको गृह मन्त्रालयले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता