एमालेद्धारा दार्चुलामा उम्मेदबारहरुको औपचारीक घोषणा

Posted on: 30 Apr, 2017

लोकेन्द्र प्रशाद जोशी | बैसाख १६, दार्चुला | नेकपा एमाले जिल्ला कमिटि दार्चुलाको आयोजनामा एमाले जिल्ला कमिटिका पदाधीकारीहरु, दार्चुला जिल्लाका ९ ओटै स्थानीय तहका प्रमुख उपप्रमुख पदका दाबेदार एब. उम्मेदबारहरु, गाउँपालीका प्रमुखहरु, नगरपालीकाका इन्चार्जहरु बिच अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । 

पार्टी अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा आयोजित अन्तरक्रिर्या कार्यक्रमबाट चुनाबि प्रचारप्रसार अभियानलाइ जिल्लाभरी अझै ब्यापक बनाउँने निर्णय समेत गरेको प्रचार बिभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो । 

अहिलेकै अवस्थामा जिल्लाका ९ ओटै स्थानीय तहमा बिजय शुनिश्चित रहेको भन्दै निर्बाचनको समयमा चलखेल हुने, मतदाताहरुलाइ अनेक भ्रम र प्रलोभनमा पार्ने गतिबिधि हुन सक्ने भन्दै सजगताकासाथ चुनाबि प्रचारप्रसारमा पुर्र्ण रुपमा केन्द्रीत हुने निष्कर्ष निकालेको बडालले बताउँनुभयो । 

यसैबिच दार्चुलामा नेकपा एमालेले स्थानिय तहको निर्वाचनका लागि जिल्लाका ७ ओटा स्थानिय तहमा अध्यक्ष र उपाध्यक्षको टुङगो लगाएको छ । दार्चला जिल्लाको १ नगरपालिका र ६ ओटा गाउपालिकामा अध्यक्ष र उपाध्यक्षको लागि उम्मेदवारहरु छनोट भएका हुन् । 

जसमा शैल्लेशिखर नगरपालिकामा प्रमुख पदका लागि गंगादत्त जोशी उप प्रमुखका लागि माधबी कुमारी धामीलाइ सिफारिस गरिएको छ । यस्तै मालिकार्जुन गाउपालिकामा अध्यक्ष मोहन सिह धामी र उपाध्यक्ष पुष्पा अवस्थी, लेकम गाउपालीकामा अध्यक्ष प्रमानन्द जोशी र उपाध्यक्षमा द्र्रोपती जोशी, नौगाड गाउपालीकामा अध्यक्ष प्रेम सिह धामी र उपाध्यक्षमा गौरी देवी ठगुन्ना चुनाव लड्ने छन् । 

त्यसैगरी मार्मा गाउपालीकामा अध्यक्षमा देव सिह महर र उपाध्यक्षमा  कमला विष्ट, अपिहिमाल गाउपालीकामा अध्यक्ष धर्मानन्द सिह मन्याल र उपाध्यक्षमा उर्मिला वोहोरा तथा व्यास गाउपालीकामा अध्यक्ष दलिप सिह डडाल र उपाध्यक्षमा तिरा कुवरले चुनाव लड्ने नेकपा एमालेका जिल्ला कमिटि सचिव ज्ञोनेन्द्र घर्तीले जानकारी दिनु भयो । 

बाकी महाकाली नगरपालीका र दुहु गाउँपालीकामा एमालेको तर्फवाट अध्यक्षमा चुनाव लड्ने सम्भावित उम्मेदवारहरुको अन्तिम टुंगो लगाउँने बिषयमा पार्टीभित्र गहन छलफल भइरहेको भन्दै २० गतेभित्र सबै तहमा टुङगो लाग्ने एमाले दार्चुलाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!