हावाहुरीले बिद्यालयको छाना उडायो, १ लाख बढीको क्षति

Posted on: 16 May, 2017

लोकेन्द्र प्रशाद जोशी | जेठ २, दार्चुला | मंगलबार बेलुकिपख आएको हावाहुरीका कारण लेकम गाउँपालीका ५ मैखोलीमा रहेको लटिनाथ प्राबि मैखोली अम्कुरको बिद्यालय भबनको छाना उडाएको छ । हावाहुरीका कारण र्कटपाताले छाएको ५ कोठे बिद्यालय भबनको छानो उडाएको हो । 

हावाहुरी संगै आएको पानीका कारण बिद्यालयका सम्पुर्ण कागजातहरु र कक्षा कोठामा रहेका बोर्डहरु समेत उडाएको बिद्यालयका प्रधानाद्यापक कमला धामीले बताउँनुभयो । 

कक्षा ५ सम्मको पढाइ सञ्चालन हुने उक्त बिद्यालयको एकमात्र भबन रहेको र उक्त भबन समेत तहसनहस भएपछि पठ्नपाठ्नमा समस्या देखीएको शिक्षक केसब दत्त जोशले बताउँनुभयो । 

हावाहुरीका कारण बिद्यालयमा झन्डै एक लाख बढीको भौतिक क्षति भएको प्रधानाद्यापक जोशीले बताउँनुभयो । बिद्यालयमा क्षति हुदा बिद्यार्थीहरुलाइ समस्या हुने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!