बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस

Posted on: 28 Dec, 2017

पुस १३, बैतडी (रासस) | बैतडी र दार्चुलामा आज अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ । 

भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख रत्नमणि गुप्ताका अनुसार १ बजेर ३० मिनेटमा बैतडी र दार्चुलाको सीमा क्षेत्र गोकुलेश्वरवाट ३० किमी उत्तर केन्द्रविन्दु भएर ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पको धक्का महसुस गरिए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!