दार्चुला नेपालको एक जिल्ला हो। यो जिल्ला नेपालको हिमालमा पर्दछ।
जिल्लाको नामाकरण
दार्चुला जिल्लाको नाम दार्चुला कसरी रहन गयो भन्ने सम्बन्धमा कुनै लिखित प्रमाण प्राप्त नभएतापनि विभिन्न किबंदन्तिहरू सुन्न पाइन्छन्।
दार्चुला शव्द उच्चारण गर्दा दारचूला भए पनि स्थानीय भाषाको दुईवटा शव्द धार र चूला वाट विकसित भएको हो। स्थानीय भाषामा धारको अर्थ पहाडको अग्लो चुचुरो र चुलाको अर्थ चुल्हो हुन्छ। यस भेगमा खान पकाउन प्रयोग गरीने चुल्होहरू प्रायः एक समानका तिन ओटा ढुङाहरूमा माटो पोतेर चुचुरोको आकारमा वनेका हुन्छन्। यसरी तिनै तिर चुचुरो धार जस्तो चुल्हो वनाई खान पकाउने ठाउँ भएकाले धारचुला नाम रहेको र धारचुला पछि अपभ्रंस भई दारचुला र त्यसपिछ दार्चुला वन्न गएको हो भन्ने एक थरिको भनाई रहेको छ।
अर्को किम्वदन्ति अनुसार यहाँ स्थित तिन वटा पहाडका चुचुराहरू वर्तमानमा एक पहाड भारत र दुई वटा पहाड नेपाल मै रहेका छन्। फेदी वाट हेर्दा धार परेको जस्तो स्थानीय चुल्होको आकारमा चुचुरो देखिन्छ। प्राचिन कालमा व्याँस हिमालवाट व्याँस ऋषि तपस्या गरी फर्कदा यी तिन धारहरूको चुल्हो वनाई भात पकाई खाएको हूनाले यो ठाउको नाम धारचूला रहन गएको र धारचूला शव्द अपभ्रंस भई दार्चुला रहेको हो भन्ने अर्का भनाई रहेको छ।
दार्चुला जिल्लाको सिमाना चीनको तिव्वत क्षेत्र सित जोडिएको छ। तिव्वतसँग व्यापार गर्ने यहाँको प्रमुख नाकाको रूपमा व्याँस क्षेत्र रहेको छ। व्याँसवाट तिव्वत क्षेत्रमा आवत जावत गर्दा एउटा भन्ज्याङ् पार गरी जानुपर्ने हुन्छ। जसलाई तिव्वति भाषामा "ला" भनिन्छ। यो भन्ज्याङ् तिव्वत सित व्यापार गर्ने द्वार बाटो भएकोले द्वार र ला शब्दहरू मिलि दार्चुला नाम रहन गएको हो भन्ने पनि अर्को भनाई पाइन्छ।
भूगोल
दार्चुला जिल्ला एक हिमाली जिल्ला हो। यहाँको सबै भन्दा बढी उचाईँ भएको ठाउँ अपी हिमालय (उचाईँ-), व्यास हिमालय (उचाईँ-) र त्रिशुल हिमालय (उचाईँ-) चुचुरा हुन् भने सबै भन्दा होचो स्थान जौलजीवी हो। दार्चुला जिल्लाको उत्तरमा चीनको स्वशाषीत क्षेत्र तिब्बत, दक्षिणमा महाकाली अञ्चलको बैतडी जिल्ला पश्चिममा भारतको उत्तराखण्ड राज्य र पूर्वमा सेती अञ्चलको बझाङ जिल्ला र बैतडी जिल्ला पर्दछन्।
यस बिषयमा तपाइको प्रतिक्रिया...!