असोज ११, बग्दाद । पूर्वी बग्दादको सिया मुसलमान इलाकालाई लक्ष्यगरी मङ्गलबार सडककिनारमा राखिएको बम र आत्मघाती बम हमलामा परी कम्तीमा सात व्यक्तिको मृुत्यु भएको छ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, बग्दाद । पूर्वी बग्दादको सिया मुसलमान इलाकालाई लक्ष्यगरी मङ्गलबार सडककिनारमा राखिएको बम र आत्मघाती बम हमलामा परी कम्तीमा सात व्यक्तिको मृुत्यु भएको छ ।&"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बग्दादमा बम आक्रमण ७ को मृत्यु, २५ घाइते

११ आश्विन २०७३, मंगलवार ११:३२

असोज ११, बग्दाद । पूर्वी बग्दादको सिया मुसलमान इलाकालाई लक्ष्यगरी मङ्गलबार सडककिनारमा राखिएको बम र आत्मघाती बम हमलामा परी कम्तीमा सात व्यक्तिको मृुत्यु भएको छ । 

यस हमलाहरुमा परी सातको मृत्यु हुनुको साथै अन्य २५ व्यक्ति घाइते भएका प्रहरी र चिकित्सक स्रोतले जानकारी दिएको छ । पूर्वी बग्दादको जादिदा क्षेत्रमा सडककिनारमा रहेको बम विस्फोटन गराइएको थियो । 

त्यसैगरी न्यु बग्दाद जिल्लाको प्रहरी कार्यालयनजिकै विस्फोटन पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले सो आक्रमण गरेको बताइएको छ । 

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर सिया मुसलमान समूदायविरुद्ध बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट समूहले नै यस्ता आक्रमण गराउँदै आएकोले यस आक्रमणमा पनि सोही समूहको हात रहेको प्रहरीले अनुमान गरेको छ । 

इराकमा अगस्टभरी भएका आतङ्ककारी घटनामा कम्तीमा ६९१ जनाको मृत्यु हुनको साथै अन्य एक हजार १६ जना घाइते भएका इराकको लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले जानकारी दिएको छ । 

इराकको टिक्रिट सहरमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको एक दिन पछाडि पुनःगत आइतबार आत्मघाती आक्रमण भएको थियो । त्यसको दुई दिन पछाडी मङ्गलबार पुनःआत्मघाती बम हमला भएको छ । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान