2026-07-10 10:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह

 असार ६, काठमाडौँ (रासस) । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३ औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताउनुभएको छ । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको बागमती प्रदेशस्तरीय ‘नेपाली काग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक अन्तक्र्रियामा उहाँले विधि र प्रक्रियाअनुसार पार्टी चल्न नसक्दा निकै कमजोर बनेको बताउनुभएको हो । 

“पार्टीको महाधिवेशन भएको तीन महिनाभित्र पार्टीका सबै विभाग गठन गर्ने विधानमा उल्लेख भएपनि लामो समयसम्म विभाग गठन नहुनु दुःखद् कुरा हो,” उहाँले भन्नुभयो । पूर्व उपप्रधानमन्त्री सिंहले चारजना कम्युनिष्ट प्रधानमन्त्रीले निर्माण गर्न नसकेको संविधान काँग्रेसको नेतृत्वमा निर्माण भएको भन्दै संविधानको रक्षा गर्ने मुख्य जिम्मेवारी काँग्रेसको काँधमा आएको बताउनुभयो । 

काँग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले महाधिवेशनको बारेमा छलफल गर्ने क्रम सकिएको भन्दै भदौमा हुने महाधिवेशनमा जुट्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभयो । उहाँले जनताले काँग्रेसलाई पाँच वर्ष प्रतिपक्षको जिम्मेवारी दिएपनि सरकारको कार्यशैली र सत्तापक्षको झगडाका कारण काँग्रेस प्रदेश र केन्द्रमा सरकारमा जान बाध्य हुनुपरेको बताउनुभयो । 

बागमती प्रदेशका प्रदेशसभा सदस्य गीता वाग्ले, विजुला बर्मा, नरोत्तम बैद्य, प्रभात तामाङलगायतले कुनैपनि बहानामा काँग्रेसको १४ औँ महाधिवेशनलाई आलटाल गरेर सार्ने षड्यन्त्र नगर्न नेतृत्वलाई सुझाव दिनुभयो ।

काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, चितवनका सभापति जीतनारायण श्रेष्ठ, दोलखाका सभापति रुद्र खड्का, धादिङका सभापति रमेश धमलालगायतले काँग्रेसभित्र चाँडो क्रियाशील सदस्यता टुङ्ग्याएर महाधिवेशन प्रक्रियामा जानुपर्नेमा जोड दिनुभएको थियो । 

अभियानका संयोजक एवम् काँग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले लोकतन्त्रलाई बलियो बनाउन र तोकिएको समयमा १४ औँ महाधिवेशन सम्पन्न गर्नका लागि निरन्तर छलफल र बहस चलाइरहने बताउनुभयो । उक्त अभियानले यसअघि प्रदेश १ र प्रदेश २ मा छलफल सञ्चालन गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट