२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ गल्ती, जो हामी हरेक दिन गरिरहेका हुन्छौ ? के छ असर

२०७९, ११ माघ बुधबार ०८:३५

माघ ११, काठमाडौँ । एजेन्सी | हामी दैनिक जीवनयापनका क्रममा यस्ता गल्ती गरिरहेका हुन्छौ, जो स्वास्थ्यका लागि गंभिर समस्या बन्न सक्छ । जस्तो कसिलो जिन्स पहिरिनु, खाना पछि तुरुन्तै ब्रस गर्नु । हुन त यि सामन्य कुरा लाग्छ, तर यसको नतिजा असमान्य बनिदिन्छ ।


१. कसिलो जिन्स लगाउनु

अहिले फेसनमा छ, फिटिङ्स जिन्स । तर, फेसनेवल हुने चक्करमा यति कसिलो जिन्स पनि पहिरिनु हुन्न कि, जसले स्वास्थ्यमा असर गरोस् । किनभने कसिलो जिन्सले हाम्रो छाला एवं मांशपेशीलाई निरन्तर दबाब दिन्छ । नसामा पनि दबाव पैदा गर्छ । यसले गर्दा रक्तप्रवाहमा बाधा पुग्छ । असहज महसुष हुने त छदैछ, स्वास्थ्यमा पनि नोक्सान पुर्‍याउँछ ।

२. खाना खाए लगत्तै ब्रस गर्नु

खाना खानसथा तुरुन्तै ब्रस गर्ने बानी छ भने, त्यसलाई छाडिदिनुहोस् । खाना खाएको कम्तीमा तीस मिनेट वा एक घण्टा पछि मात्र ब्रस गर्नुपर्छ । जब खानेकुरा उच्च एसिडिक हुन्छ तब यसको अझ ख्याल राख्नुपर्छ । किनभने खाना पछि तुरुन्तै ब्रस गर्दा खानासँगको रसायनिक प्रतिक्रियाले गर्दा दाँतको प्राकृतिक इनामेल खिइन्छ । बरु, खाना खानसाथ पानीले राम्ररी कुल्ला गर्नुपर्छ ।

३. हाँच्छ्यु रोक्ने प्रयास

जब हामीलाई हाँच्छ्यु आउँछ, रोक्ने प्रयास गरिन्छ । हाँच्छ्यु त्यसबेला आउँछ, जतिबेला हाम्रो शरीरमा कुनै गडबडी हुन्छ । त्यसैले हाँच्छ्यु रोक्दा शरीरमा थप दबाव पैदा हुन्छ ।

४. परफ्युमको प्रयोग

परफ्युममा सिन्थेटिक तत्व मिश्रण गरिएको हुन्छ, जसले तिब्र सुगन्ध दिन्छ र प्राकृतिक तेलभन्दा सस्तो पनि हुन्छ । यहि सिन्थेटिक तत्वले गर्दा तपाईलाई चक्कर आउने, वान्ता आउने समस्या हुनसक्छ । यो आँखा, गला र छालाको लागि पनि हानिकारक हुन्छ । त्यसैले प्राकृतिक तेलयुक्त परफ्युम प्रयोग गर्नुपर्छ ।

५. सस्तो प्लाष्टिक बक्सको खाना

हामी कतिपय खानेकुरा सस्तो प्लाष्टि बक्समा राख्छौं । तर, यो कृत्रिम रसायनिक पदार्थले बनेको हुन्छ । प्लाष्टिक ब्याग लचिलो बनाउनका लागि त्यस किसिमको रसायन मिसाइएको हुन्छ । उक्त रसायन खानेकुरामा सजिलै फैलन्छ जो हामीले सेवन गर्दा शरीरमा प्रवेश गर्छ । त्यसैले यस्तो प्लाष्टि बक्सको साटो स्टेनलेस स्टिल, सिरामिक वा शिसाको भाँडामा खानेकुरा राख्नुपर्छ ।

६. एन्टिब्याक्टेरियल साबुनको धेरै प्रयोग

हाम्रो छालाको सतहमा धेरैजसो उपयोगी ब्याक्टेरिया हुन्छ । यसले हाम्रो शरीरलाई सुरक्षा दिइरहेको हुन्छ । यदि तपाई एन्टिब्याक्टेरियल साबुनको धेरै प्रयोग गर्दा नराम्रो ब्याक्टेरियालाई शरीरमा प्रवेश गर्नका लागि अनुकुलता मिल्छ । त्यसैले एन्टिब्याक्टेरियल साबुन हप्तामा दुई पटकसम्म मात्र प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू