असोज १२, काठमाडौँ । स्थापना कालदेखि नै अङ्गिकार गरेको राष्ट्रियता, प्रजातन्त्र र उदारवादको तीन खम्बे सैधान्तिक अवधारणामा राष्ट्रिय प्रजातन्त्र पार्टीले चाँैथो खम्ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १२, काठमाडौँ । स्थापना कालदेखि नै अङ्गिकार गरेको राष्ट्रियता, प्रजातन्त्र र उदारवादको तीन खम्बे सैधान्तिक अवधारणामा राष्ट्रिय प्रजातन्त्र पार्टीले चाँैथो खम्ब"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीको अवधारणमा हिन्दू गणतन्त्र थपेका छौँ: अध्यक्ष राणा

१२ आश्विन २०७३, बुधबार ११:१६

असोज १२, काठमाडौँ । स्थापना कालदेखि नै अङ्गिकार गरेको राष्ट्रियता, प्रजातन्त्र र उदारवादको तीन खम्बे सैधान्तिक अवधारणामा राष्ट्रिय प्रजातन्त्र पार्टीले चाँैथो खम्बाको रुपमा हिन्दू गणतन्त्र थप गरेको घोषणा गरेको छ । 

आगामी बडादशैं, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा सञ्चारकर्मीका लागि आज आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले भने– “भविष्यमा संविधान संशोधनद्वारा नेपाललाई सनातनधर्म सापेक्ष हिन्दू– राष्ट्र घोषणा गराउने अभियान चलाउने कार्यक्रम रहेको छ ।” 

उनले परराष्ट्र नीतिका सञ्चालकले परिस्थितिले पैदा गरेको जटिलता र गतिशीलताभित्र उचित र परिपक्क सन्तुलन कायम गर्नसक्ने कुटनीतिक सिल्प, कलाकौसल र बुद्धिमता देखाउन सक्नुपर्छ भन्दै आदिवासी, जनजाति र मधेसीले उठाएका जायज मागलाई पन्छाएर संविधानको पूर्ण कार्यान्वयन सम्भव नरहेको बताए । 

“अङ्गिकृत नागरिकताको प्रमाणपत्र लिने व्यक्तिलाई राष्ट्रपति, प्रधानमन्त्रीलगायतका महत्वपूर्ण पदमा पु¥याउने गरी संविधान संशोधन गरिनु हुन्न, अध्यक्ष राणाले भने– नेपाललाई हिन्दूराज्यबाट हटाउने कार्य अपरझट र सुटुक्क गरिएकाले तीन दलले गरेको त्यो कदम हामी मान्दैनाँै । 

सो अवसरमा उक्त पार्टीका प्रचार विभाग प्रमुख ठाकुर शर्मा र सह–प्रवक्ता किरण गिरीले पार्टीले केही वर्षयतादेखि शुभकामना आदानप्रदान गर्दै आएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का