२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्यार्थीबीचको झगडामा विद्यालय परिसरमा विद्यार्थीलाई हातपात गर्ने अभिभावक पक्राउ

१४ असार २०८०, बिहीबार ०८:१७

असार १४, दार्चुला | दार्चुलाको विद्यालयमै पसेर विद्यार्थीलाई हातपात गर्ने एक जना अभिभावक पक्राउ परेका छन् ।

जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित लटिनाथ मावि बस्कोटमा अध्ययनरत १४ वर्षीय आसुतोष साउँदलाई कुटपिट गर्ने बैतडीको डिलासैनी गाउँपालिका–६ घर भएका हरिश गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।


असार ११ गते विद्यालयमा एउटै कक्षामा अध्ययनरत लेकम गाउँपालिका–१ खेताली घर भएका साउँद र १३ वर्षीय राजीव गिरीबीच सामान्य विवाद भएर झगडा भएको थियो ।

झगडा हुँदा दुवैको कापी च्यातिएको थियो । पक्राउ परेकामा हरिश राजीवका बुबा हुन् । विद्यार्थीबीचको झगडामा गएर हरिश गिरीले साउँदलाई विद्यार्थीको बीचमा लखेट्दै कुटपिट गरेका थिए ।

‘कक्षा ८ मा अध्ययनरत विद्यार्थीबीच खेल्ने बेलामा झगडा भएको रहेछ,’ विद्यालयका प्रधानाध्यापक कृष्णदेव विष्टले भने, ‘तर गिरीका बुबा हरिश विद्यालयमै आएर कुटपिट गरेको जानकारी पाइयो ।’ आफू सो दिन विद्यालयमा नभएको समयमा घटना भएको उनले बताए । उनले भने, ‘शिक्षक साथीहरू पनि माथितिर रहेछन् । झगडाको विषयमा अभिभावकले शिक्षकलाई जानकारी गराउनुपर्नेमा आफैँ कुटपिट गरेको देखियो,’उनले भने । सामान्य विषयमा अभिभावकले हात हाल्न नहुने उनको भनाइ छ ।

विद्यालयपारि कुमाली पुल नजिक गिरीको पसल छ । विद्यालयमा हाफ छुट्टी भएको वेला विद्यार्थीबीच सामान्य झगडा भएको थियो । खेल्ने बेला भएको झगडामा गिरीका बुबा हरिश आएर साउँदमाथि विद्यालय परिसरभित्रै कुटपिट गरेका हुन् । साउँदमाथि कुटपिट भइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

साना नाबालकमाथि विद्यालयमै कुटपिट भएको भन्दै साउँदका अभिभावकले मंगलबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा जाहेरी दिएपछि आरोपितलाई पक्राउ गरिएको हो ।

उनीमाथि अभद्र व्यवहार गर्न नहुने अभियोग लगाएर अनुसन्धान भइरहेको छ । गिरीविरुद्ध अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै