२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्यार्थीबीचको झगडामा विद्यालय परिसरमा विद्यार्थीलाई हातपात गर्ने अभिभावक पक्राउ

१४ असार २०८०, बिहीबार ०८:१७

असार १४, दार्चुला | दार्चुलाको विद्यालयमै पसेर विद्यार्थीलाई हातपात गर्ने एक जना अभिभावक पक्राउ परेका छन् ।

जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित लटिनाथ मावि बस्कोटमा अध्ययनरत १४ वर्षीय आसुतोष साउँदलाई कुटपिट गर्ने बैतडीको डिलासैनी गाउँपालिका–६ घर भएका हरिश गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।


असार ११ गते विद्यालयमा एउटै कक्षामा अध्ययनरत लेकम गाउँपालिका–१ खेताली घर भएका साउँद र १३ वर्षीय राजीव गिरीबीच सामान्य विवाद भएर झगडा भएको थियो ।

झगडा हुँदा दुवैको कापी च्यातिएको थियो । पक्राउ परेकामा हरिश राजीवका बुबा हुन् । विद्यार्थीबीचको झगडामा गएर हरिश गिरीले साउँदलाई विद्यार्थीको बीचमा लखेट्दै कुटपिट गरेका थिए ।

‘कक्षा ८ मा अध्ययनरत विद्यार्थीबीच खेल्ने बेलामा झगडा भएको रहेछ,’ विद्यालयका प्रधानाध्यापक कृष्णदेव विष्टले भने, ‘तर गिरीका बुबा हरिश विद्यालयमै आएर कुटपिट गरेको जानकारी पाइयो ।’ आफू सो दिन विद्यालयमा नभएको समयमा घटना भएको उनले बताए । उनले भने, ‘शिक्षक साथीहरू पनि माथितिर रहेछन् । झगडाको विषयमा अभिभावकले शिक्षकलाई जानकारी गराउनुपर्नेमा आफैँ कुटपिट गरेको देखियो,’उनले भने । सामान्य विषयमा अभिभावकले हात हाल्न नहुने उनको भनाइ छ ।

विद्यालयपारि कुमाली पुल नजिक गिरीको पसल छ । विद्यालयमा हाफ छुट्टी भएको वेला विद्यार्थीबीच सामान्य झगडा भएको थियो । खेल्ने बेला भएको झगडामा गिरीका बुबा हरिश आएर साउँदमाथि विद्यालय परिसरभित्रै कुटपिट गरेका हुन् । साउँदमाथि कुटपिट भइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

साना नाबालकमाथि विद्यालयमै कुटपिट भएको भन्दै साउँदका अभिभावकले मंगलबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा जाहेरी दिएपछि आरोपितलाई पक्राउ गरिएको हो ।

उनीमाथि अभद्र व्यवहार गर्न नहुने अभियोग लगाएर अनुसन्धान भइरहेको छ । गिरीविरुद्ध अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य