<p>असोज २५, कास्की |पोखरा–बाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नंको बलेरो जीपले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटरलाई ठक्कर दिँदा कास्कीको माछापुछ्रे गाउँपालिका–७ धम्पुसका २६ वर्षीया स्कुटर चालक तारा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।<br></p><p>दुर्र्घटना लगत्तै घाइते विकलाई उपचारका लागि फिस्टेल अस्पतालमा पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको बताइन्छ । प्रहरीले जीप चालक गोर्खा आरुघाट गाउँपालिका–९ बस्ने २१ वर्षीय सुदीप विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । रासस </p>
जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु
Leave a Comment

