2026-09-08 01:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

साउदीमा नेपाली सुरक्षागार्डको मृत्यु: मृतकको पहिचान खुल्न समय लाग्ने

असार १४, काठमाडौँ | साउदी अरबको जेद्दाहस्थित अमेरिकी महावाणिज्यदूतावासमा बन्दुकधारीको आक्रमणमा मारिएका नेपाली सुरक्षागार्डको परिचय खुल्न समय लाग्ने भएको छ।

जेद्दाहस्थित नेपाली वाणिज्यदूत भुवन पौडेलका अनुसार इदको सार्वजनिक विदा भएकाले मृतकका बारेमा विस्तृत जानकारी लिन समय लागेको हो।

पौडेलका अनुसार बुधबार साँझ पौने ७ बजे एक जना बन्दुकधारी गाडीमा अमेरिकी महावाणिज्यदूतावासमा आएका थिए।

उनले चलाएको गोली लागेर एक जना नेपाली सुरक्षा गार्ड घाइते भएका थिए। महावाणिज्यदूतावासमा खटिएका अरू सुरक्षा गार्डले आक्रमणकारीमाथि जवाफी कारबाही गरेका थिए।

आक्रमणकारीको मृत्यु भएको छ। घाइते नेपाली सुरक्षा गार्डको पछि मृत्यु भएको हो।

उनको शव अहिले अस्पतालमा राखिएको छ।

साउदीमा अहिले इदको विदा चलेकाले मृतकबारे औपचारिक जानकारी आउन समय लागेको पौडेलले बताए।

‘हामीले यहाँको परराष्ट्र मन्त्रालय र अमेरिकी महावाणिज्य दूतलाई औपचारिक र अनौपचारिक तरिकाले जानकारी मागेका छौं,’ पौडेलले भने,‘विदा भएकाले जवाफ आउन ढिलाइ भएको छ।’

अमेरिकी महावाणिज्यदूतावासमा अरू नेपाली पनि सुरक्षा गार्डका रूपमा कार्यरत छन्।   

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल