2026-09-12 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोलाले बगाउँदा बेपत्ता भएका पुरुष जीवित भेटिए

 साउन २६, कैलाली (रासस) । कैलालीमा खोलाले बगाउँदा बेपत्ता भएका पुरुष आज जीवित भेटिएका छन् । मोहन्याल गाउँपालिका–३ पिपलीखेतका ५४ वर्षीय दानबहादुर विष्ट आइतबार सोही ठाउँको गेदान खोला तर्ने क्रममा बेपत्ता भएको र खोजतलास गर्दै जाँदा बगेको ठाउँबाट करिब ५० मिटर पर चोटपटक लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिनुपभयो ।

विष्टलाई अहिले उहाँका आफन्त र प्रहरीले उपचारका लागि घोडाघाडी अस्पताल ल्याइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । उहाँको अवस्था अहिले मध्यम रहेको बताइएको छ ।

तीन सय घरभित्र पानी पस्यो

गए रातिदेखिको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुबानमा पर्नुका साथै केही बस्तीका घरमा पानी पसेको छ । प्रहरी निरीक्षक थापाले धनगढी आसपासका झण्डै ३०० घरभित्र पानी पसेको जानकारी दिनुभयो । “धनगढीको क्याम्पस रोडका पाँच÷सात वटा र वसन्त टोलका चार/पाँच वटा कच्ची घरभित्र भने पानी पसेर खाद्यान्न लत्ताकपडा लगायतका सामग्री भिजेका छन् ।” 

प्रहरी निरीक्षक थापाले भन्नुभयो, “प्रहरीको टोली गएर उहाँहरुलाई सुरक्षित स्थानमा राख्ने काम भइसकेको छ ।” अविरल वर्षाका कारण धनगढीको शिवनगर, चटकपुर, विशालनगर, क्याप्पस रोड, वसन्त टोललगायत क्षेत्र बढी डुबानमा परेको बताइएको छ । अहिले भने अवस्था सामान्य भइसकेको जनाइएको छ । 

खोलानाला अतिक्रमणको चपेटामा परेपछि धनगढीमा डुबानको समस्या हरेक वर्ष बढ्दै गएको छ भने सडकको पानी निकासका लागि बनाइएका नाली काम नलाग्ने भएका छन् । नालीले सडकको पानी थेग्न सक्ने अवस्था नभएपछि यहाँका बस्तीहरु डुबानमा पर्ने गरेका छन् । यसअघि पनि झण्डै दुई साताअघि परेको अविरल वर्षाका कारण पनि यहाँका अधिकांश बस्तीहरु जलमग्न हुनुका साथै दर्जनाँै बढी घर तथा पसल डुबानमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन