२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दक्षिण कोरियाले मासिक तीन लाख पारिश्रमिकमा श्रमिक लैजाने

२०८०, १६ माघ मंगलवार ०९:२९

माघ १६, काठमाडौँ | दक्षिण कोरियाले मासिक ३ लाख रूपैयाँ पारिश्रमिक हुने गरी नेपालबाट श्रमिक लैजाने तयारी गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ। 

दक्षिण कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्रालयले यस्तो जानकारी दिएको हो। 

'अहिले दक्षिण कोरियामा लाखौंको संख्यामा नेपालीहरूले काम गरिरहेका छन्, मासिक दुई लाख रूपैयाँसम्म पारिश्रमिक पाइरहेका छन्,' मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले भने, 'उहाँहरूले मासिक ३ लाख रूपैयाँ माथि पारिश्रमिक दिने गरेर यहाँबाट नेपाली लैजाने प्रस्ताव गर्नु भएको छ, हामीहरूले कार्यविधि बनाइरहेका छौं।' 

परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले नेपालमा हुन्डाई लगायतका कोरियाली कम्पनीहरूलाई नेपाल आउन आग्रह गरे। उनले वैशाखमा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनमा सहभागिता जनाउन कोरियाली लगानीकर्ताहरूलाई आह्वान समेत गरे। 

नेपालमा लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले दुई मुलुकबीचको ५० वर्षको सम्बन्धलाई संयुक्त समृद्धिको लागि अनुकूल हुनेगरी आगामी दिनमा थप बलियो बनाउने बताए। 

कार्यक्रममा दक्षिण कोरियाबाट फर्किएर उद्यम गरिरहेकाहरूको कथामा आधारित 'तपाई पनि मालिक बन्न सक्नुहुन्छ' शीर्षकको पुस्तक समेत अनावरण गरिएको छ। 

हाल दक्षिण कोरियामा कृषि, पानी जहाज निर्माण लगायतमा काम गर्न नेपालबाट मानिसहरू जाने गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो