2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमानको विषयलाई लिएर अत्तालिहाल्नुपर्ने अवस्था छैन – नेता पौडेल

कात्तिक ६, दमौली ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विषयलाई लिएर अनावश्यक टिप्पणी गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । 

नेपाली काँग्रेस तनहुँद्वारा गाउँ र नगरका सभापतिहरुको एकदिने अन्तक्र्रियात्मक प्रशिक्षण कार्यक्रमको शनिबार दमौलीमा उद्घाटन गर्दै नेता पौडेलले यस विषयमा काँग्रेसको केन्द्रीय समितिभित्रै छलफल गरी एउटा निष्कर्ष निकाल्ने बताउनुभयो । 

संविधानको कार्यान्वयन र तिनवटै तहको चुनावमा अगाडि बढ्नुपर्ने बेला एउटा व्यक्तिको विषयलाई लिएर सर्बत्र बहसको विषय बनाइएको भन्दै नेता पौडेलले चिन्तासमेत व्यक्त गर्नुभयो । 

स्थानीय तह पुनःसंरचना आयोगले उपयुक्त सङ्ख्या निर्धारण गर्न नसकेको भन्दै पछिल्लोपटकको सङ्ख्याले पनि विवाद ल्याउने दाबी उहाँले गर्नुभयो ।  मधेसी मोर्चाले राखेको जायज माग सम्बोधन गरी संविधानलाई कार्यान्वयनतर्फ अगाडि लैजान सबै दलहरु गम्भीर भएर लाग्नुपर्ने बेला आएको पौडेलले बताउनुभयो । 

सांसद धु्रव वाग्लेले २०७४ को माघ ७ गतेभित्र तीनवटै तहको चुनाव नभए मुलुक गम्भीर सङ्कटमा फस्ने बताउनुभयो । 

नेपाली काँग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल, काँग्रेस क्षेत्र नं १, २ र ३ का सभापति उदयराज गौली, राजेन्द्रकृष्ण श्रेष्ठ, किसान गुरुङ, काँग्रेस नेता जितप्रकाश आले, जिल्ला उपसभापति ताराराज राना, काँग्रेस नेत्री आशा थापालगायतकाले मुलुकभित्र देखिएका समस्या समाधान गर्न काँग्रेसले पहल थाल्नुपर्ने बताउनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई