<p>मङ्सिर ३, गुलरिया | बर्दियामा बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । कालिकोटबाट टीकापुरतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा साइकलमा सवार किशोरीको मृत्यु भएको हो | पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ठाकुरबाबा नगरपालिका–२ स्थित रानीपुरमा ना ४ ख ५३७५ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा ठाकुरबाबा नगरपालिका–६ थकुवा निवासी १४ वर्षीया किशोरी निर्मला थारुको मृत्यु भएको हो ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/ba3db17f2d4377f47f4402d44309f4f11542609608.png" style="width: 664px;"><br></p><p>ट्यूसन पढ्नका लागि साइकलमा गइरहेको अवस्थामा सोमबार बिहान सवा ७ बजे थारुलाई बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट किशोरी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिइ आवश्य अनुसन्धान सुरु गरेको जनाएको छ ।</p>
बर्दियामा बसको ठक्करबाट एक किशोरीको मृत्यु
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

