2026-09-12 02:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कालीगण्डकी प्राकृतिक अस्पताल सञ्चालनमा

काठमाडौँ | गल्याङ नगरपालिका–१ उत्तरवाहिनीमा कालीगण्डकी प्राकृतिक अस्पताल सञ्चालनमा आएको छ । सङ्घीय सरकारको विशेष अनुदान, गल्याङ नगरपालिकाको सहयोग तथा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा सो अस्पताल सञ्चालनमा आएको हो ।

नगरपालिकाले सञ्चालन कार्यविधि बनाएर अस्पतालको स्वामित्व, दायित्व र यसको निरन्तरताका विषयमा निर्णय लिने कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले बताउनुभयो ।

“अस्पतालले प्रदान गर्ने सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउन लागिपरेका छौँ,” उहाँले भन्नुभयो, “प्राकृतिक उपचार विधिसँगै उत्तरवाहिनीको धार्मिक महत्वलाई उजागर गर्ने उद्देश्य छ ।”

अस्पताल हाल दश शय्यामा सञ्चालन भएको छ । आगामी दिनमा शय्या थपी अस्पतालको सेवा विस्तार गरिने उहाँले बताउनुभयो । अस्पताल भर्ना भएकाहरुका लागि आवासीय तथा भोजनको व्यवस्थापन अस्पतालमै मिलाइने भएको छ । अस्पतालमा हाल चार स्वास्थ्यकर्मी कार्यरत छन् ।

अस्पताल सञ्चालनमा आएसँगै स्याङ्जासहित पाल्पाको पूर्वी भेग, पूर्वी नवलपुर, गुल्मीलगायतका जिल्लाका नागरिकले सेवा लिन सहज हुने बताइएको छ । अस्पताल निर्माण गर्न रु दुई करोड ७८ लाख विनियोजन भएकामा रु दुई करोड १२ लाखमा ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस