नन्दराम जैसी/पुस ११, जुम्ला । चन्दननाथ नगरपालिका जुम्लाका नगर बोर्ड सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, युवा संघगठनका केन्द्रिय सदस्य अनुप थापाले नगर बो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैसी/पुस ११, जुम्ला । चन्दननाथ नगरपालिका जुम्लाका नगर बोर्ड सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, युवा संघगठनका केन्द्रिय सदस्य अनुप थापाले नगर बो"/>

2026-10-15 10:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

बैठक भत्ताले विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण


नन्दराम जैसी/पुस ११, जुम्ला । चन्दननाथ नगरपालिका जुम्लाका नगर बोर्ड सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, युवा संघगठनका केन्द्रिय सदस्य अनुप थापाले नगर बोर्ड बैठकबाट पाएको भत्ताले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्नु भएको छ । 

आइतबार एक औपचारीक कार्यक्रम बिच थापाले चन्दननाथ नगरपालिका १५ मा रहेको कार्तिकस्वामि निमावीमा अध्ययनरत ४५ जना दलित, अपाङ्ग र विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।

 घरायासि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई थोरै भएपनि राहात होस् र शुभ कार्यको थालनि होस् भन्ने उदेशयले शैक्षिक सामाग्री वितरण गरिएको बितरक थापाले बताउनुभयो । उहाले भन्नुभयो, नगर बोर्ड बैठकबाट प्राप्त भएको २ हजार ५ सय रुपैया मध्ये ५ सय पार्टीलाइ दिएँ बाँकि २ हजार रुपैया बराबरको विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेको हुँ । शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथी रहनु भएका थापाले राजनितीक स्वार्थ नभइ सेवा भावका कारणले शैक्षिक सामाग्री वितरण गरेको बताउनु भयो ।

 समाजमा सबैले एकअर्काको कुरा काट्ने प्रवृति भएकाले सकारात्मक सोचको विकास गरि सहयोग गर्नु पर्ने बातावरणको सृर्जना गर्न खोजेको हुँ, थापाले भनाइ राख्नुभयो, नगरपालिका १५ निवासी आमाबुबा गुमाउनु भएका बालक रमेश कामीलाई नगरपालिकालाई सहयोग गरिदिनको लागि आफुले पहल गर्ने छु । 

यसैगरि कार्तिकस्वामि निमावीका अध्यक्ष धनेन्द्रराज गिरीले आर्थिक अवस्था कम्जोर भएका बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराएकोमा युवा थापालाइ धन्यवाद व्यक्त गर्नु भयो । विद्यालयमा अध्ययनरत विद्यार्थी दलित समुदायका भएकाले अन्य व्यक्तिको पनि हेराईमा फरकपन ल्याउन यस्ता व्यक्तिको सहयोग महत्वपूर्ण हुने उहाँले औँल्याउनु भयो । प्रधानाध्यापक मनप्रसाद न्यौपानेले विद्यालय स्थापना कालदेखि हालसम्म विद्यार्थीको लागि कसैले पनि सहयोग नगरेको जिकिर गर्नु भयो ।

  

 पहिलो पटक आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीलाई सहयोग गरेको भन्दै उहाँले अनुपा थापालाई व्यक्तिगत र विद्यालयको तर्फबाट धन्यवाद सहित शुभकामना ब्यक्त गर्नुभयो । यता शैक्षिक सामाग्री निशुल्क पाउँदा विद्यार्थीले खुसि व्यक्त गरेका छन् । गाविस स्थित राजनीतिक दल, महिला, बालबालिका र सरोकारवाला निकायको सहभागितामा शैक्षिक सामाग्री वितरण गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमाल विक्रम शाहीले जानकारी दिनुभयो ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने