४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. केसीको मागप्रति सरकारी चिकित्सक सङ्घको समर्थन

१५ मंसिर २०७३, बुधबार ०८:०७

मङ्सिर १५, काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिनको राजिनामा लगायतका माग राख्दै विगत अठार दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीलाई सरकारी चिकित्सक संङ्ग नेपाल ( गोदान) ले समर्थन जनाएको छ । 

गोदानका महासचिव डा विष्णुरथ गिरीले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रा डा केसीको अनशन टुङ्ग्याउन २४ घन्टाको अल्टिमेटम दिएको छ । सो समयभित्र दुवै पक्षबीच सहमति नभए सरकारी स्वास्थ्य संस्थामा सेवा उपलब्ध नगराउने विज्ञप्तिमा उल्लेख छ । 

महासचिव डा. गिरीले २४ घन्टा पछि डा केसीको जीवनरक्षाका लागि गोदानबाट गरिने संङ्घर्षका कार्यक्रममा सक्रिय सहभागिता जनाउन र जटिल परिस्थितिमा सहयोग गर्न आफ्ना सदस्यलगायत आम नागरिकमा आग्रह गरेका छन । 

नेपालमा चिकित्सा शिक्षा प्रदान गर्ने अधिकांश संस्थाको स्थापना सरकारी तवरबाट भई जेहेन्दार विद्यार्थीले सर्वसुलभ रुपमा अध्ययन गर्नसक्ने वातावरण बन्नुपर्छ भन्ने लगायतका मागप्रति गोदानले एक्यवद्धता जनाएको पनि जारी विज्ञप्तिमा उल्लेख छ । 

डा केसीको कदमबाट दुर्गम क्षेत्रमा कार्यरत र काम गर्न कबुल गरेका चिकित्सकलाई थप प्रोत्साहन हुने गरी नीति निर्माण गर्नसमेत बल पुग्ने अपेक्षा गोदानले लिएको विज्ञप्ति भनिएको छ । 

सरकारले प्रा डा केसीको मागबारे वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती सदस्य रहेको वार्ता समिति गठन गरेको छ । समितिले चार पटकसम्म वार्ता गर्दा पनि दुबै पक्षबीच सहमति हुन सकेको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ