Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८३, ३० बैशाख बुधबार
काठमाडौँ - KTM

शिक्षामा महिलालाई सवल गराएमात्र समाजको समृद्धि हुने: मन्त्री थापा

२०७४, १४ फाल्गुन सोमबार ०९:३४

फागुन १४, काठमाडौँ | महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापामगरले महिलालाई शिक्षामा सबल गराएमात्र समाजले समृद्धि हासिल गर्ने बताउनुभएको छ । 


आज यहाँ डिल्लीबजार कन्या क्याम्पसको ३८औँ वार्षिकोत्सका अवसरमा उहाँले भन्नुभयो, “जबसम्म महिला शिक्षामा सबल हुँदैनन्, तबसम्म सिङ्गो समाज पनि सबल हुँदैन । शिक्षामार्फत महिलालाई सवल गराई समाजको समृद्धि गर्नुपर्छ ।” 

समाज परिवर्तन गर्न महिलाको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले महिलालाई शिक्षा प्रदान गर्न कुनै कमी नराखिने बताउनुभयो । 

मन्त्री थापाले मुलुकको विकासका लागि राज्यका सम्पूर्ण तहमा महिलाको प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो । 

उहाँले धेरै संघर्ष गरेर महिलाले आर्थिक सामाजिक अधिकार पाए पनि कार्यान्वयनको अवस्था भने नभएको उल्लेख गर्नुभयो । 

मन्त्री थापाले विगतमा राजनीतिक अस्थिरताले शिक्षामा विकृति देखिएकाले अबको बहुमतको सरकारले शिक्षाका ठोस नीति ल्याई अघि बढ्नेसमेत बताउनुभयो । 

कार्यक्रममा क्याम्पस सञ्चालन समितिका सदस्य सावित्री भुसालले महिला शिक्षालाई जोड दिएर समग्र महिलालाई समाज परिवर्तनमा लगाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघ नेपालका सभापति जगत तिमिल्सेनाले क्याम्पस तहका शिक्षालाई व्यावहारिक बनाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा उक्त क्याम्पसका पूर्व क्याम्पस प्रमुख भोलानाथ रेग्मीले राज्यका सामुदायिक क्याम्पसप्रति एउटै नीति बनाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा काठमाडौँ महानगरपालिका–२९ का वडाध्यक्ष कुश ढकाल, पद्मकन्या विद्यालयका प्रधानाध्यापक रीता तिवारीले शिक्षालाई सरकारले आफ्नो दायित्व सम्झेर काम गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा उक्त क्याम्पसका क्याम्पस प्रमुख अपराजिता अर्यालले महिला शिक्षाका क्षेत्रमा मुलुककै ठूलो क्याम्पस रहेकाले क्याम्पसको जग्गा नभएकाले थप भौतिक पूर्वाधार गर्नका लागि समस्या भएको बताउनुभयो । 

शिक्षामा महिलाको पहुँच पुर्याउने उद्देश्यले २०३७ सालमा उक्त क्याम्पस स्थापना गरिएको थियो । अहिले स्नातकतर्फ मानविकी, व्यवस्थापन, शिक्षा संकाय र स्नातकोत्तरतर्फ मानविकी संकायमा अँग्रेजी र समाजशास्त्र तथा व्यवस्थापन संकायमा एमबिबिएस विषयमा करिब एक हजार विद्यार्थीले अध्ययन गरिरहेका छन् । 

कार्यक्रममा दीर्घसेवाबाट माधव घिमिरे र ममता सिन्हा तथा उत्कृष्ट प्राध्यापकबाट रेशराज अधिकारी र कर्मचारीबाट सुमन कार्कीलाई पुरस्कृत गरिएको थियो । 

यसैगरी विभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरिएको थियो । 

सोही कार्यक्रममा यसै वर्षदेखि समाजसेवी नरनाथ दाहालले आफ्ना आमाबुबाको नाममा रु एक–एक लाखको ‘बलभद्र दाहाल र चन्द्रकला दाहाल असहाय तथा जेहेन्दार छात्रवृत्ति’ कोष तथा भाइ दयाकृष्ण दाहालको नाममा ‘दयाकृष्ण दाहाल छात्रवृत्ति’ समेत स्थापना गरेको घोषणा गर्नुभएको छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते