प्रकाश बम/मङ्सिर १५, डोटी । डोटीमा एक जना गाबिस सचिव ६५ लाख लिएर  फरार भएका छन् ।  

जिजोडामाण्डौं र पोखरी गाविसका सचिव ईश्वर बहादुर सिंह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम/मङ्सिर १५, डोटी । डोटीमा एक जना गाबिस सचिव ६५ लाख लिएर  फरार भएका छन् ।  

जिजोडामाण्डौं र पोखरी गाविसका सचिव ईश्वर बहादुर सिंह"/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

गाबिस सचिव ६५ लाख लिएर फरार

२०७३, १५ मंसिर बुधबार ०७:५२

प्रकाश बम/मङ्सिर १५, डोटी । डोटीमा एक जना गाबिस सचिव ६५ लाख लिएर  फरार भएका छन् ।  

जिजोडामाण्डौं र पोखरी गाविसका सचिव ईश्वर बहादुर सिंहले राष्ट्रिय बाणिज्य बैंकमा रहेका खाताबाट सामाजिक सुरक्षा तर्फको रकम  ३९ लाख र पुजिँगत तर्फको २६ लाख सहित  ६५ लाख रुपैँया हिनामिना गरेर फरार भएका छन् । 

सचिवले गाविसको रकम बिभिन्न मितिमा साटेको खुल्न आएको जिल्ला बिकास डोटीका आन्तरिक लेखा परीक्षक तथा छानविन टोलीका सदस्य टंक श्रेष्ठले जानकारी दिए ।  राष्ट्रिय बाणिज्य बैङ्कले गाबिसको पुजिँगत खाताबाट नियम बिपरीत सचिवलाई भुक्तानि दिएको पाईएको छ ।

दुबै गाबिसको छानबिनका लागी जिल्ला बिकास समितिले तीन सदस्यीय समिति गठन गरेको स्थानीय बिकास अधिकारी कृष्णप्रशाद गौतमले साझा सवाललाई जानकारी दिए ।

फरार सचिव सिंहले जिजोडामाण्डौंका स्थास्थ्यचौकी ईञ्चार्ज  सरस्वती बिष्ट र पोखरी स्थास्थ्यचौकी ईञ्चार्ज लक्ष्मण साउँदलाई झुक्यार पहिला नै चेकमा हस्ताक्षर गराएर रकम लिएर फराहर भएका रहेका छन् ।

डोटीको जिजोडामाण्डौं र पोखरी गाबिसका सचिब सिंहले ईञ्चार्जको हस्ताक्षर गराएर ६५ लाख हिनामिना गरेपछी संयुक्त जिल्ला स्वास्थ्य ट्रेड युनियन डोटीले प्रेस बिज्ञप्ती जारी गरेर अब देखि गाबिसका चेकमा हस्ताक्ष नगर्ने बताएका छन् ।  

यस भन्दा अगाडी धेरै जसो गाविसमा स्वास्थ्य चौकी ईञ्चार्ज र गाबिस सचिबको संयुक्त हस्ताक्षरमा खाता सञ्चालन हुँदै आएको  थियो ।

फरार सविच सिँहलाई पोखरी स्थास्थ्यचौकी ईञ्चार्ज लक्ष्मण साउँदले जिल्लामा ल्याउदा समेत जिबिसका एक जना कर्मचारीले एउटा कागज बनाएर छोडेको स्वास्थ कर्मिहरुले आरोप लगाएका छन् । 

फरार गाविस सचिवलाई तत्काल कानुनको दायरामा ल्याउनु पर्ने स्वास्थ कर्मिहरुले जोडदार माग गरेका छन् । फरार सचिवको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ