२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीले प्रचण्डलाई भने – ‘तपाईको अनुहार हेर्न पनि मन छैन’

२०७३, १६ मंसिर बिहीबार १०:१९

मंसिर १६, काठमाडौं । संविधान संशोधनको विरोध गर्दै आज एमाले सांसदहरुले व्यवस्थापिका संसदमा उभिएर अवरोध गरे । यसै क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै संसदहरुलाई हेरिरहे । यसपछी संसद बैठक स्थगित भएको सभामुख ओनसरी घर्तिले घोषणा गरिन । 

त्यसपछी प्रचण्ड नजिकै भएका एमाले अध्यक्ष केपी ओली भएतर्फ लागे । त्यसपछी प्रचण्डले ओलीलाई केहि कुरा भन्दै गरेको देखियो । त्यतिखेर ओलीलाई प्रचण्डले ‘बसेर छलफल गरौं’ भन्ने प्रस्ताव राखेका थिए । तर, एमाले अध्यक्ष ओलीले प्रचण्डलाई ठाडो जवाफ फर्काए – ‘तपाईसँग बोल्न त के, अनुहार हेर्न पनि मन छैन’ भने । त्यसपछी ओलीको अभिव्यक्ति सुनेर नजिकै भएका सांसदहरु गलल्ल हाँसे ।

प्रधानमन्त्रीले पनि ओलीको रुखो अभिव्यक्तिलाई खासै वास्ता नगरी समस्या समाधान गर्न गम्भीर रहेको बताए । ओलीले फेरी जवाफ दिए – ‘त्यसो हो भने तीनवटै चुनाव गर्न लाग्नुस् ।’ 

संसदको बिहीबारको बैठक सुरु भएलगत्तै एमाले उपाध्यक्ष बामदेव गौतमले विशेष समय लिएर बोलेका थिए । सरकारले संविधानको उल्लंघन गर्दै सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक ल्याएको गौतमले आरोप लगाए । त्यस्तै एमालेसहित राष्ट्रिय जनमोर्चा, मालेका सांसदहरु उठेर विरोध गरे । त्यसपछि संसदमा एमालेले होहल्ला मच्चाउन सुरु गर्यो । त्यसपछि संसद बैठक १७ गतेसम्मका लागि स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी