2026-07-10 03:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी र बुढीगण्डकी आयोजना प्रभावितहरुबीच झडप, एक दर्जन बढी घाइते

मंसिर १६, गोरखा । बुढीगण्डकी जलबिद्धुत आयोजनाबाट प्रभावितहरुलाई उचित मुआव्जा नदिएको बिरोधको क्रममा आज प्रहरी र आयोजना प्रभावितहरुबीच झडप भएको छ ।

मुआब्जाको बिरोध गर्दै कार्यलयमा तालाबन्दि गर्न आएको समूह र प्रहरीबीच झडप हुँदा प्रहरी र स्थानीय गरी एक दर्जनभन्दा बढी घाइते भएका छन् । आक्रोशित स्थानीयहरुले आयोजनाको कार्यालयमा तोडफोड गर्नुको साथै कार्यालयको झ्याल तथा सामग्रीहरु तोडफोड गर्न थालेपछि प्रहरीले उनीहरुलाई तितरबितर पार्न हवाइ फायर गरेको थियो । साथै २० सेल अश्रुग्यास समेत प्रहार गरेको थियो ।

बुढीगण्डकी जलबिद्धुत आयोजनाबाट प्रभावित हुने गोरखा र धादिङका २७ गाविसका १ हजारभन्दा बढी स्थानीयहरुले मुआब्जाको बिरोध गर्दै कार्यालयमा तालाबन्दि गरेका थियो । तर पछी ताला खोल्ने विषयमा विवाद चर्कदै गएपछि आक्रोशित स्थानीयवासी कार्यालयको झ्याल र ढोका तोडफोड गर्दै भित्र छिरेका थिए । 

यसैबीच बुढीगण्डकी सरोकार समितिले सरकारले निर्धारण गरेको मुआब्जा बितरण बैज्ञानिक नभएको र उचित मुआब्जाको व्यवस्था नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । उनीहरुले सरकारले मुआब्जा कम दिएको भन्दै आयोजना प्रभावित स्थानीयलाई सुकुम्बासी बनाउन लागेको आरोप लगाए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो