2026-10-21 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको क्षेत्रमा कति छन् उम्मेदवार ? को-को छन् प्रतिस्पर्धी ?

कात्तिक १७, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिएको चितवन क्षेत्र नं ३ मा आठजनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दाहालसहित १० दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । 

कूल उम्मेदवारको सङ्ख्या अठार पुगेको छ । दाहाल वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्छ भने लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ । पाण्डे वर्तमान सरकारका वन तथा भूसंरक्षणमन्त्रीसमेत रहनुभएको छ । उहाँ दाहाल नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री हुनुहुन्थ्यो । सशस्त्र द्वन्द्वको समयमा माओवादी कार्यकर्ता रहनुभएका टंकनाथ रेग्मी देशभक्त जनगणतान्त्रिक मोर्चाबाट उम्मेदवार हुनुहुन्छ । 

यसैगरी, संघीय समाजवादी फोरमबाट अजय ठाकुर हजाम, राष्ट्रिय जनमोर्चाबाट उमा देवी शर्मा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का कृष्णबहादुर तामाङ, नेकपा (माले)का डम्बर श्रेष्ठ, नेपाल दलित पार्टीका दिलबहादुर विश्वकर्मा, विवेकशील साझा पार्टीका शरदराज पाठक र नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवालले सो क्षेत्रमा उम्मेदवारी दर्ता गर्नुभएको छ । 

सोही क्षेत्रमा स्वतन्त्रबाट टंकप्रसाद बास्तोला, नन्दराज आचार्य, प्रवेश अधिकारी, भगवती प्रसाई, भरत बोहरा, विजयराज घिमिरे, सुनिल कुमार क्षेत्री र हरिप्रसाद दाहालले उम्मेदवारी दिनुभएको छ । 

सो क्षेत्रको प्रदेशतर्फ ‘क’ र ‘ख’ मा आठ/आठ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाको क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ १५ जनाले उम्मेदवारी दिएका छन् जसमध्ये १२ जना विभिन्न राजनीतिक दलका छन् भने तीनजना स्वतन्त्र उम्मेदवार हुन् । 

सो क्षेत्रबाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट शिक्षा राज्यमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका शेषनाथ अधिकारी र वाम गठबन्धनबाट नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले उम्मेदवारी दिनुभएको छ । 

सोही क्षेत्रको प्रदेश ‘क’मा नौ दलका उम्मेदवार र ‘ख’मा १० दल र एक स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । जिल्लाको क्षेत्र नं १ मा १५ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ जसमा स्वतन्त्र चार र ११ दलका उम्मेदवार हुनुहुन्छ । 

सो क्षेत्रबाट वाम गठबन्धनबाट पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डे र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

सोही क्षेत्रको प्रदेश ‘क’ मा १० दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् भने ‘ख’ मा पनि १० दलका उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चितवन जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ