पुस २४, काठमाडौं । राजधानीको जोरपाटीमा सनिबार आयोजित एक सहकारीको साधारण सभामा बोल्दै संसाद रामेश्वर फुयाँलले अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन हुनु पर्"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २४, काठमाडौं । राजधानीको जोरपाटीमा सनिबार आयोजित एक सहकारीको साधारण सभामा बोल्दै संसाद रामेश्वर फुयाँलले अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन हुनु पर्"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकताः सांसद फुयाँल

२०७३, २४ पुष आईतवार १३:४५

पुस २४, काठमाडौं । राजधानीको जोरपाटीमा सनिबार आयोजित एक सहकारीको साधारण सभामा बोल्दै संसाद रामेश्वर फुयाँलले अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन हुनु पर्ने बताए । 

पासा ग्वाहाली पुचः बचत तथा ऋण सहकारी संस्था गोकर्णको दशौ बार्षिक साधारण सभाको प्रमुख अतिथि समेत रहेका फुयाँलले सहकारी नीतिको कार्यन्वयनमा जोड दिदै व्यवस्थित र मार्यदित बनाउन राज्यले महत्वपुर्ण भूमिका खेल्नु पर्ने उल्लेख गरे । साथै सहकारीलाई उत्पादनको मूख्य केन्द्र बनाउन अग्राह गरे । उनले सरकारको बार्षिक बजेटका कुरा समेत संविधानमा आउनु पर्ने बताउँदै आर्थिक सम्पननतालाई सामाजिक जागारणमा जोड दिनु पर्ने बताए । 

त्यस्तै शिक्षा मन्त्रालका उपसचिव प्रकाश सापकोटाले सहकारीमार्फत शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा पनि लगानी गर्नु पर्ने बताए । कार्यक्रममा बोल्दै उक्त सहकारीका सल्लाकार डाक्टर विदूर चालिसेले सहकारी प्रणलीको विकास संगै विश्वको व्यक्तिहरुको जीवनयापनमा सहज भएको बताउँदै साझेदारीबाट सहकारीको सिद्धान्त र परिकल्पना भएको उल्लेख गरे । 


उक्त कार्यक्रममा जया मल्टिपल क्याम्पसका प्रार्चाय भवनी पौडेलले सहकारीमा बचत गर्ने कार्यले मान्छेको व्यवहारमै सकारात्मक परिवर्तन आउने भएकोले सबैले बचत गर्ने कार्यलाई सशक्त रूपमा सबै लाग्न प्रेरित गरे । साथै बच्चाहरुको अध्ययनमा समेत सहयोग मिल्ने भएकोले कानुनी मापदण्ड पुगेका जुनसुकै सहकारीमा बचत गर्ने कार्य उत्कृष्ठ रहेको समेत बताए । 

आर्थिक विकास र सामाजिक रूपान्तरणका लागि सहकारी भन्ने मूल नारा सहित स्थापना भएको सहकारीले दश वर्ष पार गरेको उल्लेख गर्दै सहकारीको अध्यक्ष हरिकृष्ण श्रेष्ठले आर्थिक वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदन प्रस्तुत पछि संस्थाको वार्षिक गतिविधि संगै उत्कृष्ठ बचत कर्ता, ऋणी कारोबार, शेयर सदस्य र कर्मचारीलाई समेत पुरस्कार सहित सम्मान गरे । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै