Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ पुष २४ गते, साँझ ७:३५ बजे राजनीति, रामेछाप - RMC

संविधान अनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्छ : राज्यमन्त्री जवेगु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २४, रामेछाप । स्थानीय बिकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले संविधान अनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । स्थानीय निकायको चुनाव गर्ने बहस चलिरहेका बेला राज्यमन्त्री जवेगुले दश बर्षे जनआन्दोलन र नेपाली जनताका लामो संघर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्न स्थानीय तहको चुनाव गर्नुपर्ने बताउनुभएको हो । संविधानमा उल्लेख भएका संघियता, घर्मनिरपेक्षता र समानुपातिक समाबेशिता लगायतका उपलब्धि रक्षा गर्न चुनाव गर्नुपर्ने बताउनुभयो ।

रामेछाप सदरमुकाम मन्थलीस्थित मन्थली नगरपालीको पाँचौ नगरपरिषदको निर्णय सार्वजनिकीकरणमा उहाँले स्थानीय तहको चुनाव गर्न अाबश्यक पर्ने निर्वाचनसँग सम्बन्धित बिधेयक मन्त्रालयले तयार गरिसकेको दाबी गर्नुभयो । उहाँले मूलुकभरीका सबै नगरपालीका भित्रका कम्तिमा १ किलोमिटर सडक कालोपत्रे र सडकबत्ति सहितको बनाउन मन्त्रालयले बजेट बिनियोजन गरिसकेको जानकारी दिनुभयो । मन्थली नगरपालीकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी र स्थानीय बिकास अधिकारी दिनेशराज पन्तले नगरपालीको योजनामा साथ दिन प्रतिबद्ध रहेको बताउनुभयाे।

- निराेजकुमार थापाकाे सहयाेगमा