फागुन ३, काठमाडौँ । वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी सङ्घर्ष समितिले बायोमेट्रिक प्राणालीका नाममा सर्वसाधारणमाथि ठगी भइरहेकाले त्यस्तो स्वास्थ्य परीक्षण प्रक्रिया ख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ३, काठमाडौँ । वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी सङ्घर्ष समितिले बायोमेट्रिक प्राणालीका नाममा सर्वसाधारणमाथि ठगी भइरहेकाले त्यस्तो स्वास्थ्य परीक्षण प्रक्रिया ख"/>
२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बायोमेट्रिकका नाममा जनतामाथि ठगी, स्वास्थ्य परीक्षण खारेज गर्न माग

२०७३, ३ फाल्गुन मंगलवार १२:२२

फागुन ३, काठमाडौँ । वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी सङ्घर्ष समितिले बायोमेट्रिक प्राणालीका नाममा सर्वसाधारणमाथि ठगी भइरहेकाले त्यस्तो स्वास्थ्य परीक्षण प्रक्रिया खारेज गर्न माग गरेको छ । 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समितिले एक साताभित्र गाम्का नेपाल र बायोमेट्रिकले गरिरहेको स्वास्थ्य परीक्षण खारेज गर्न आग्रह गरेको हो । 

समितिका संयोजक सीताराम रेग्मीले आधुनिक प्रविधिको नाममा बायोमेट्रिक प्रणालीमा गाम्का नेपाल नामक संस्थाको एकाधिकार कायम गरी कामदारलाई रु दुई हजार ९०० मा हुँदै आएको स्वास्थ्य परीक्षण अहिले १४ हजार लिने गरेकाले सो कार्यलाई रोक्न सरकारसँग माग गर्नुभयो । 

साई पोलिक्लिनिकका सञ्चालक एवम् व्यवसायी कला दाहालले बायोमेट्रिक प्रणाली स्वास्थ्यसँग सम्बन्धित नरहेकाले त्यसको विकल्प खोजी त्यस क्षेत्रमा भइरहेको ठगी अविलम्ब रोक्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले वैदेशिक रोजगारको विषयमा सरकारले फ्रि–भिसा र फ्रि–टिकटको अवधारणा ल्याएपनि व्यवसायीले रु एक लाखदेखि रु चार लाखसम्म लुटिरहेको जानकारी दिनुभयो । 

नेपाल मेडिकल महासङ्घका महासचिव जीवन बयलकोटीले गाम्का नेपालले सरकारको आँखामा छारो हालेर सोझा कामदारलाई ठगी गरिरहँदा पनि श्रम मन्त्रालयले केही गर्न नसकेकाले त्यस्तो भ्रष्टाचार रोक्न सरकारले छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ