२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजबाट एमालेको १५ दिने मेची–काली अभियान

२१ फाल्गुन २०७३, शनिबार ०१:३०

फागुन २१, काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेको तराईकेन्द्रित १५ दिने राष्ट्रिय जागरण अभियान शनिबारदेखि सुरु हुँदै छ । 

‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान: राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भन्ने मूल नाराका साथ झापाको का“कडभिट्टाबाट सुरु हुने अभियानको उद्घाटन अध्यक्ष केपी ओलीले गर्दै छन् ।

तराईको पूर्व–पश्चिम राजमार्गकेन्द्रित अभियानमा ३३ स्थानमा आमसभा, र्‍याली र सांस्कृतिक कार्यक्रम गर्ने एमालेको तयारी छ । र्‍याली र सभामा ५० लाख तराईवासीबीच पुग्ने गरी १५ लाखसम्मको जनपरिचालन गर्ने एमालेले दाबी गर्दै आएको छ ।

शीर्ष नेता झापामा: अभियानमा सहभागी हुन अध्यक्ष ओलीसहित शीर्ष नेताहरू झापा पुगेका छन् । वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्षहरू वामदेव गौतम, भीमबहादुर रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेलसहित स्थायी समिति सदस्यहरू, तराईबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, सांसदहरू झापा पुगेका छन् ।

प्रदेश र जिल्ला कमिटीहरूको व्यवस्थापनमा कार्यक्रम आयोजना हुने सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए । र्‍याली र जनसभामा सम्बन्धित प्रदेशका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, केन्द्रीय निकाय र ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी तथा सदस्य, सांसद तथा पूर्वसांसदलाई एमालेले अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।

त्यस्तै, पूर्वमन्त्री, प्रदेश कमिटी सदस्य, केन्द्रीय विभागका सदस्य, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् तथा अञ्चल समन्वय कमिटीका सदस्य, सम्पर्क समन्वय कमिटी र मातहत सम्पर्क मञ्चका सदस्यलगायतलाई पनि अनिवार्य उपस्थित हुन एमालेले निर्देशन दिएको छ ।

ओली–गृहमन्त्रीबीच सुरक्षाकेन्द्रित छलफल

अभियानको पूर्वसन्ध्यामा एमाले अध्यक्ष ओलीले उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिसँग शान्ति–सुरक्षाबारे छलफल गरेका छन् । बिहीबार साँझ आफ्नै निवास बालकोट बोलाएर पूर्वप्रधानमन्त्री ओलीले अभियानलाई सघाउन राज्यले उपलब्ध गराउने शान्ति–सुरक्षाबारे चासो व्यक्त गरेको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले बताए । गृहमन्त्री निधिले अभियानमा राज्यका तर्फबाट आवश्यक सुरक्षा प्रबन्धका लागि निर्देशन दिएको जानकारी गराएका थिए ।

भेटमा ओलीले केही दिनअघि गृहमन्त्री निधिका तर्फबाट अभियान बिथोल्नेगरी आएको ‘विवादास्पद’ अभिव्यक्तिबारे पनि चासो राख्दै कुनै अप्रिय घटना भए सरकार जिम्मेवार हुनुपर्ने चेतावनी दिएको बज्राचार्यले बताए । जवाफमा निधिले कुनै दलको सभा बिथोल्ने अभिव्यक्ति आफूले नदिएको प्रस्ट पारेको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

दाहालका अनुसार गृहमन्त्री निधिले संविधान संशोधनबारे एमालेले प्रयोग गरेको राष्ट्रघाती शब्दप्रति आपत्ति जनाएका थिए । जवाफमा ओलीले संविधान संशोधन देशको हितमा नभएको बताउँदै पार्टीको आधिकारिक दस्तावेजमा राष्ट्रघाती शब्द उल्लेख नगरेको जनाएका थिए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै