२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजबाट एमालेको १५ दिने मेची–काली अभियान

२०७३, २१ फाल्गुन शनिबार ०१:३०

फागुन २१, काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेको तराईकेन्द्रित १५ दिने राष्ट्रिय जागरण अभियान शनिबारदेखि सुरु हुँदै छ । 

‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान: राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भन्ने मूल नाराका साथ झापाको का“कडभिट्टाबाट सुरु हुने अभियानको उद्घाटन अध्यक्ष केपी ओलीले गर्दै छन् ।

तराईको पूर्व–पश्चिम राजमार्गकेन्द्रित अभियानमा ३३ स्थानमा आमसभा, र्‍याली र सांस्कृतिक कार्यक्रम गर्ने एमालेको तयारी छ । र्‍याली र सभामा ५० लाख तराईवासीबीच पुग्ने गरी १५ लाखसम्मको जनपरिचालन गर्ने एमालेले दाबी गर्दै आएको छ ।

शीर्ष नेता झापामा: अभियानमा सहभागी हुन अध्यक्ष ओलीसहित शीर्ष नेताहरू झापा पुगेका छन् । वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्षहरू वामदेव गौतम, भीमबहादुर रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेलसहित स्थायी समिति सदस्यहरू, तराईबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, सांसदहरू झापा पुगेका छन् ।

प्रदेश र जिल्ला कमिटीहरूको व्यवस्थापनमा कार्यक्रम आयोजना हुने सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए । र्‍याली र जनसभामा सम्बन्धित प्रदेशका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, केन्द्रीय निकाय र ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी तथा सदस्य, सांसद तथा पूर्वसांसदलाई एमालेले अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।

त्यस्तै, पूर्वमन्त्री, प्रदेश कमिटी सदस्य, केन्द्रीय विभागका सदस्य, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् तथा अञ्चल समन्वय कमिटीका सदस्य, सम्पर्क समन्वय कमिटी र मातहत सम्पर्क मञ्चका सदस्यलगायतलाई पनि अनिवार्य उपस्थित हुन एमालेले निर्देशन दिएको छ ।

ओली–गृहमन्त्रीबीच सुरक्षाकेन्द्रित छलफल

अभियानको पूर्वसन्ध्यामा एमाले अध्यक्ष ओलीले उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिसँग शान्ति–सुरक्षाबारे छलफल गरेका छन् । बिहीबार साँझ आफ्नै निवास बालकोट बोलाएर पूर्वप्रधानमन्त्री ओलीले अभियानलाई सघाउन राज्यले उपलब्ध गराउने शान्ति–सुरक्षाबारे चासो व्यक्त गरेको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले बताए । गृहमन्त्री निधिले अभियानमा राज्यका तर्फबाट आवश्यक सुरक्षा प्रबन्धका लागि निर्देशन दिएको जानकारी गराएका थिए ।

भेटमा ओलीले केही दिनअघि गृहमन्त्री निधिका तर्फबाट अभियान बिथोल्नेगरी आएको ‘विवादास्पद’ अभिव्यक्तिबारे पनि चासो राख्दै कुनै अप्रिय घटना भए सरकार जिम्मेवार हुनुपर्ने चेतावनी दिएको बज्राचार्यले बताए । जवाफमा निधिले कुनै दलको सभा बिथोल्ने अभिव्यक्ति आफूले नदिएको प्रस्ट पारेको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

दाहालका अनुसार गृहमन्त्री निधिले संविधान संशोधनबारे एमालेले प्रयोग गरेको राष्ट्रघाती शब्दप्रति आपत्ति जनाएका थिए । जवाफमा ओलीले संविधान संशोधन देशको हितमा नभएको बताउँदै पार्टीको आधिकारिक दस्तावेजमा राष्ट्रघाती शब्द उल्लेख नगरेको जनाएका थिए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा