२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाना पकाउने ग्यांसको असान्दर्भिक मूल्यबृध्दि बिरुद्ध प्रेस बिज्ञप्ती

३० फाल्गुन २०७३, सोमबार १२:४५

मिति : २०७३।११।३०

                                            प्रेस बिज्ञप्ती

बिषय : खाना पकाउने ग्यांसको असान्दर्भिक मूल्यबृध्दिको बिरोधमा उपभोक्ता अधिकार दिवस बहिष्कार गरौं ।

प्रेम लाल महर्जन/फागुन ३०, काठमाडौँ । संयुक्त राष्ट्र संघले उपभोक्ता अधिकार सम्बन्धी अधिनियम पारित गरेको दिनलाई सम्मरण गर्दै प्रत्येक बर्ष १९८५ देखि मार्च १५ तारिखलाई बिश्व उपभोक्ता अधिकार दिवसको रुपमा बिश्व व्यापी रुपमा मनाउने गरेको र नेपाल सरकारले पनि सन् १९९० देखि राज्यस्तरमा नै मनाउंदै आएको छ । यस्तै मन्चले पनि स्थापनाकाल देखि नै भव्यताका साथ मनाउंदै आएको व्यहोरा जानकारी गराउदछौं ।

यस बर्ष पनि नेपाल सरकारले यस मन्चको प्रतिनिधी सहित केन्द्रीय स्तरमा बिभिन्न उपभोक्ता अधिकारकर्मी संस्थाहरु, व्यवसायिक संस्थाहरु, शैक्षिक संस्थाहरु लगायतको सहभागीतामा एक मूल समारोह समितिनै गठन गरी देशव्यापी रुपमा मनाउने निर्णय गरे अनुसार देशैभरी भव्य रुपमा मनाउने क्रम शुरु भई सकेको अवस्थामा अत्यन्त असान्दर्भिक रुपमा नेपाल आयल निगम घाटामा गएको बहाना बनाई खाना पकाउने ग्यांसको मूल्य प्रति शिलिण्डर रु.२५।०० (पच्चिस) बढाउने काम गरेकोछ । 

आयोजक समितिमा सहभागी व्यवसायिक सस्थाहरुलाई उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा आफनो सेवा तथा वस्तुमा थोरै भएपनि मूल्य घटाई राहत महसुस हुने गरी बिक्रि बितरण गर्न हुन अनुरोध गर्ने सरकारले आफै दिवसको पूर्वसन्ध्यामा खाना पकाउने ग्यांसको मूल्य बढाउने काम गरी अत्यन्त गैरजिम्मेवार र अबिवेकपूर्ण काम गरेकोछ ।

एकातिर उपभोक्ता अधिकार दिवस मनाउने अर्को तिर उपभोक्ता हित बिपरित सरकार आफै मूल्यबृध्दि गरी दिवसकै उपहास हुने काम गरेको हुंदा मूल समितिमा बसी काम गर्नु र सरकारले मनाउने उपभोक्ता दिवसमा भाग लिनु आफैमा बिरोधभासपूर्ण हुने भएको हुंदा यही चैत्र २ गते (मार्च १५) दिन नेपाल सरकारले केन्द्रीय स्तरमा मनाउने उपभोक्ता अधिकार दिवस यस मन्चले पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरेको व्यहोरा सबै जागरुक उपभोक्तावर्ग र उपभोक्ता अधिकारकर्मीहरुमा दुखका साथ अनुरोध गर्दै नेपाल सरकारको यो निन्दनीय र भत्सर्ना योग्य कामको सबैतिरबाट बहिष्कार र बिरोध गर्नको लागी आव्हान समेत गर्दछौं ।

उपभोक्ता अधिकारको रक्षा र हकहितको लागी राष्ट्र्यि उपभोक्ता मन्च सदैव कटिबध्द भई देशैभरी संगठित संन्जालले आगामी दिनहरुमा कृयाशील रही रहनेछ भन्ने सबैमा बिश्वास दिलाउदछौं ।

(प्रेमलाल महर्जन)

अध्यक्ष




 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला