2026-10-16 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जानेलाई वैदेशिक रोजगार विभागको अत्यन्त जरुरी सूचना

साउन ३१, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने हरुको कोभिड १९ को खोप लगाएको क्युआर कोड सहितको प्रमाणपत्र सम्बन्धी सूचना जारी गरेको छ। विभागले संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने हरुले कोभिड १९ को खोप लगाएको क्युआर कोड सहितको प्रमाणपत्र अनलाइन मार्फत नै प्राप्त गर्न सक्ने जनाएको हो ।

कोभिड १९ को संक्रमणको हालको अवस्थामा यस विरुद्ध पुर्ण मात्रा खोप लगाएर विदेश जान चाहने व्यक्तिहरुको हकमा संस्थागत रुपमा वैदेशिक रोजगारीमा जान चाहनेहरुले सम्बन्धित इजाजतपत्रवाला मेनपावरबाटै क्युआर कोड सहितको प्रमाणपत्र लिन सकिने विभागले जनाएको छ ।  संस्थागत रुपमा वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुको कोभिड १९ खोपको विवरण प्रस्तुत लिङ्क https://vaccine.mohp.gov.np/publice request-from मा भरी सोही लिङ्क मार्फत क्यूआर कोड सहितको प्रमाणपत्र निःशुल्क रुपमा उपलब्ध गराउने व्यवस्था गरिएको विभागले जनाएको छ । 

त्यस्तैगरि व्यक्तिगत रुपमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेहरुको कोभिड १९ को खोप लगाएको क्युआर कोड सहितको प्रमाणपत्र लिन सक्ने विभागले जनाएको छ ।  व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर विदेश जान चाहने व्यक्तिहरुले कोभिड १९ को खोपको विवरण प्रस्तुत लिङ्क https://vaccine.mohp.gov.np/publice-request from मा व्यक्ति स्वयमले भरी वा कठिनाई भएमा नजिकमा रहेको स्वास्थ्य संस्था वा स्वास्थ्य सेवा विभागबाट निःशुल्क सहयोग लिनसक्ने छन् । सोही लिंक मार्फत क्यूआर कोड सहितको प्रमाणपत्र निःशुल्क रुपमा उपलब्ध गराउने व्यवस्था गरिएको विभागले जनाएको छ ।

साथै https://vaccine.mohp.gov.np/search मा गई आफ्नो आवेदनको प्रमाणपत्र हेर्न तथा प्रमाणपत्र डाउनलोड गर्न सकिने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु