२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाना पकाउने ग्यांसको असान्दर्भिक मूल्यबृध्दि बिरुद्ध प्रेस बिज्ञप्ती

२०७३, ३० फाल्गुन सोमबार १२:४५

मिति : २०७३।११।३०

                                            प्रेस बिज्ञप्ती

बिषय : खाना पकाउने ग्यांसको असान्दर्भिक मूल्यबृध्दिको बिरोधमा उपभोक्ता अधिकार दिवस बहिष्कार गरौं ।

प्रेम लाल महर्जन/फागुन ३०, काठमाडौँ । संयुक्त राष्ट्र संघले उपभोक्ता अधिकार सम्बन्धी अधिनियम पारित गरेको दिनलाई सम्मरण गर्दै प्रत्येक बर्ष १९८५ देखि मार्च १५ तारिखलाई बिश्व उपभोक्ता अधिकार दिवसको रुपमा बिश्व व्यापी रुपमा मनाउने गरेको र नेपाल सरकारले पनि सन् १९९० देखि राज्यस्तरमा नै मनाउंदै आएको छ । यस्तै मन्चले पनि स्थापनाकाल देखि नै भव्यताका साथ मनाउंदै आएको व्यहोरा जानकारी गराउदछौं ।

यस बर्ष पनि नेपाल सरकारले यस मन्चको प्रतिनिधी सहित केन्द्रीय स्तरमा बिभिन्न उपभोक्ता अधिकारकर्मी संस्थाहरु, व्यवसायिक संस्थाहरु, शैक्षिक संस्थाहरु लगायतको सहभागीतामा एक मूल समारोह समितिनै गठन गरी देशव्यापी रुपमा मनाउने निर्णय गरे अनुसार देशैभरी भव्य रुपमा मनाउने क्रम शुरु भई सकेको अवस्थामा अत्यन्त असान्दर्भिक रुपमा नेपाल आयल निगम घाटामा गएको बहाना बनाई खाना पकाउने ग्यांसको मूल्य प्रति शिलिण्डर रु.२५।०० (पच्चिस) बढाउने काम गरेकोछ । 

आयोजक समितिमा सहभागी व्यवसायिक सस्थाहरुलाई उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा आफनो सेवा तथा वस्तुमा थोरै भएपनि मूल्य घटाई राहत महसुस हुने गरी बिक्रि बितरण गर्न हुन अनुरोध गर्ने सरकारले आफै दिवसको पूर्वसन्ध्यामा खाना पकाउने ग्यांसको मूल्य बढाउने काम गरी अत्यन्त गैरजिम्मेवार र अबिवेकपूर्ण काम गरेकोछ ।

एकातिर उपभोक्ता अधिकार दिवस मनाउने अर्को तिर उपभोक्ता हित बिपरित सरकार आफै मूल्यबृध्दि गरी दिवसकै उपहास हुने काम गरेको हुंदा मूल समितिमा बसी काम गर्नु र सरकारले मनाउने उपभोक्ता दिवसमा भाग लिनु आफैमा बिरोधभासपूर्ण हुने भएको हुंदा यही चैत्र २ गते (मार्च १५) दिन नेपाल सरकारले केन्द्रीय स्तरमा मनाउने उपभोक्ता अधिकार दिवस यस मन्चले पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरेको व्यहोरा सबै जागरुक उपभोक्तावर्ग र उपभोक्ता अधिकारकर्मीहरुमा दुखका साथ अनुरोध गर्दै नेपाल सरकारको यो निन्दनीय र भत्सर्ना योग्य कामको सबैतिरबाट बहिष्कार र बिरोध गर्नको लागी आव्हान समेत गर्दछौं ।

उपभोक्ता अधिकारको रक्षा र हकहितको लागी राष्ट्र्यि उपभोक्ता मन्च सदैव कटिबध्द भई देशैभरी संगठित संन्जालले आगामी दिनहरुमा कृयाशील रही रहनेछ भन्ने सबैमा बिश्वास दिलाउदछौं ।

(प्रेमलाल महर्जन)

अध्यक्ष




 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ