बैशाख ६, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण महत्वपूर्ण र फलदायी रहेको बताउनुभएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ६, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण महत्वपूर्ण र फलदायी रहेको बताउनुभएको छ । 

"/>

७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘राष्ट्रपतिको भारत भ्रमण अत्यन्त फलदायी’

६ बैशाख २०७४, बुधबार ०७:२१


बैशाख ६, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण महत्वपूर्ण र फलदायी रहेको बताउनुभएको छ । 

राष्ट्रपति भण्डारीको भारत भ्रमणमा रहनुभएका मन्त्री डा महतले बुधबार बिहान स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददातासँग भन्नुभयो, “दुई देशबीचको सम्बन्ध विकसित गर्न र थप सद्भावना बढाउन यो भ्रमण फलदायी भएको छ ।” 

भ्रमणका क्रममा भारतीय राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताले नेपाल भारत सम्बन्धको महत्वमा जोड दिँदै नेपालले संविधान कार्यान्वयन गर्न र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गरिरहेका प्रयासप्रति सद्भाव प्रकट गरेको जानकारी मन्त्री डा महतले दिनुभयो । “उहाँहरुले नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ”, डा महतले दिनुभयो । 

राष्ट्रपति भण्डारीलाई विमानस्थलमा भारतका राज्यमन्त्रीले स्वागत गर्नुभएको भन्नेबारेको पत्रकारको जिज्ञासमा मन्त्री डा महतले नेपालका राष्ट्रपतिलाई भारत सरकारले दिएको सम्मानमा कुनै कमी नभएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो– “नेपालका राष्ट्रपतिलाई भारतले दिने ‘गार्ड अफ अनर’ महत्वपूर्ण कुरा हो र यो राष्ट्रपति भवनमा प्रदान गरिएको थियो । त्यस क्रममा भारतका राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।” हामीले यस्तो अनर विमानस्थलमै दिने गरेकाले भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा विमानस्थलमा नै नेपालका राष्ट्रपति पनि उपस्थित हुनुभएको मन्त्री डा महतले स्पष्ट गर्नुभयो । 

राष्ट्रपति मुखर्जीको निमन्त्रणामा भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति भण्डारीको पहिलो दुई दिन नयाँ दिल्लीका लागि तय भएका औपचारिक कार्यक्रम तथा उच्चस्तरीय भेटघाट मङ्गलबार रातिसम्म सम्पन्न भएपछि मन्त्री डा महत आज स्वदेश फर्किनुभएको उहाँका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले विज्ञप्तिमार्फत जानकारी दिनुभयो । 

नयाँ दिल्लीमा रहँदा राष्ट्रपति भण्डारी तथा भ्रमण दलमा सहभागी अन्य उच्च अधिकारीलाई भारतको राष्ट्रपति भवनमा आतिथ्यता प्रदान गरिएको छ । भारतको शिष्टाचार प्रचलनअनुसार मङ्गलबार बिहान राष्ट्रपति भवनको फोरकोर्टमा भारतका राष्ट्रपति मुखर्जी तथा प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भण्डारीलाई औपचारिक स्वागत गर्नुभएको । सो अवसरमा राष्ट्रपति भण्डारीले उहाँलाई प्रदान गरिएको गार्ड अफ अनरको अवलोकन गर्नुभयो । 

भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत भारत सरकारको वरिष्ठ मन्त्रिगणसँग भेटघाट तथा सौहार्द्रपूर्ण कुराकानी भएको मन्त्री डा महतले जानकारी दिनुभयो । 

त्यसैगरी मङ्गलबार साँझ नेपालका राष्ट्रपतिको सम्मानमा भारतका राष्ट्रपतिले राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नुभएको थियो । त्यस क्रममा पनि भारतीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिगण तथा विभिन्न राजनीतिक दलका नेताको सहभागिता थियो । 

भारत र नेपालका राष्ट्रपतिहरुको भेटमा दुई मुलुकबीच रहिआएको ऐतिहासिक सम्बन्धबारे विचार आदानप्रदान हुनाका साथै उच्चस्तरीय राजनीतिक भ्रमण, भेटघाट तथा कुराकानीले सम्बन्ध थप सुदृढ बनाउन योगदान गर्नेबारे चर्चा भएको मन्त्री डा महतले बताउनुभयो । 

ती भेटमा जलविद्युत्, भौतिक पूर्वाधार, अन्तरदेशीय सम्पर्क तथा भूकम्पपछिको पुनःनिर्माणलगायत क्षेत्रमा सहयोग आदानप्रदानको समीक्षा हुनाका साथै सहयोगलाई थप विस्तार गर्नेबारे छलफल भएको थियो । 

भारतका प्रधानमन्त्री मोदीसँगको कुराकानीमा राष्ट्रपति भण्डारीले उहाँको नेतृत्वमा भारतले आर्थिक वृद्धि तथा विकासमा हासिल गरेको प्रगतिप्रति बधाई दिँदै छिमेकी एवम् जोडिएको अर्थतन्त्रको हिसाबले नेपालले पनि भारतको प्रगतिबाट लाभ लिन चाहेको बताउनुभयो । त्यस क्रममा प्रधानमन्त्री मोदीले छिमेकी मुलुकको प्रगति तथा विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको परराष्ट्रमन्त्री डा महतले जानकरी दिनुभयो । 

महिला सशक्तीकरण तथा समावेशिताका क्षेत्रमा संवैधानिक व्यवस्थालगायत माध्यमबाट नेपालले प्राप्त गरेका उपलब्धिबारे राष्ट्रपति भण्डारीले चर्चा गर्दै संविधान कार्यान्वयन गर्ने सिलसिलामा एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थानुरुप स्थानीय तहको निर्वाचन कार्यक्रम तय भई निर्वाचन सम्पन्न गर्ने तयारी भइरहेको जानकारी पनि दिनुभएको थियो । 

लोकतन्त्रको संस्थागत विकास एवम् आर्थिक प्रगतिका लागि नेपालले गर्ने हर प्रयासमा भारतको सद्भाव एवम् सहयोग रहने कुरा भारतीय प्रधानमन्त्रीले बताउनुभएको जानकारी मन्त्री डा महतले दिनुभयो । राष्ट्रपति भण्डारीसँग भारतका विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र अर्थमन्त्री अरुण जेट्लीले पनि शिष्टाचार भेट गर्नुभएको थियो । त्यसैगरी भारतीय जनता पार्टीका महासचिव राममाधव नेतृत्वको एवं अन्य राजनीतिक दलका प्रतिनिधिमण्डलले पनि उहाँसँग शिष्टाचार भेट गर्नुभयो । 

भारतीय विदेश मन्त्रालय, भारतीय उद्योग परिसङ्घ, उद्योग वाणिज्य महासङ्घद्वारा संयुक्त रुपमा आयोजित भारतीय तथा नेपाली उद्योगी र व्यवसायीसँगको अन्तक्र्रियामा राष्ट्रपति भण्डारीले निजी क्षेत्रको प्रबद्र्धन तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले नेपालले प्रदान गरेका सुविधाका बारे जानकारी दिँदै लगानीकर्तालाई नेपालमा बढीभन्दा बढी लगानी गर्न आमन्त्रण गर्नुभएको थियो । 

सोही कार्यक्रममा परराष्ट्रमन्त्री डा महतले नेपालमा विद्यमान व्यापार तथा लगानीमैत्री नीतिको बारे चर्चा गर्दै नेपालमा लगानीका लागि भारतीय उद्योगीव्यवसायीलाई आग्रह गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?