http://sajhasabal.com/uploads/contents/thumbs/योङ्ग कम्युनि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... http://sajhasabal.com/uploads/contents/thumbs/योङ्ग कम्युनि"/>
2026-07-25 04:26 AM
पर्बत - PBT

एमाले माओवादीको बर्ग दुश्मन हो– दीपशीखा

http://sajhasabal.com/uploads/contents/thumbs/योङ्ग कम्युनिष्ट लिग (वाईसीयल) नेपालका केन्द्रिय संगठन बिभाग प्रमुख राम प्रसाद साप्कोटा दिपशिखाले नयां संबिधानमा प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि स्थानिय तहको निर्वाचनमा नेकपा माओबादी केन्द्रले जित्नुपर्ने बताएका छन् । वाईसियल नेपाल बागलुङको एकता भेला तथा चौथो जिल्ला सम्मेलनको आज बागलुङमा उद्घाटन गर्दै उनले मुलुकको बिकास र परिवर्तनका लागि सबै भन्दा बढि रगत माओबादी केन्द्रले बगाएको दाबी समेत गरे ।

उनले वर्तमानको माओबादी केन्द्रको सबैभन्दा ठुलो वर्ग दुश्मन एमाले रहेको आरोप लगाउदै गणतन्त्र र संघियताको नारा सहित हिजो जनयुद्धमा बगाएको रगतलाई महिलाको प्रशव पीडाको रगत संग तुलना गर्ने एमालेहरुमा कुनै राजनीतिक सच्चा चरित्र नभएकोले आगामी निर्वाचनमा सहकार्य गर्न नसकिने स्पष्ट पारे ।

उनले भने हाम्रो सबै भन्दा ठुलो दुश्मन अहिले एमाले देखिएको छ , माओबादीलाई सिद्धाउन खोज्ने र सत्तोसराप गर्नेहरुसंग सहकार्य हुदैन ।

पछिल्लो राजनितिक परिवेसमा वाईसियलहरु ज्ञानी बन्दा एमाले काङ्गेसले त्यसको नाजायज फाईदा लिन खोजेको चर्चा गर्दै वाईसियल नेता दिपशिखाले आगामी दिनमा वाईसियल ज्ञानी बन्न नसक्ने बताए । उनले ०४६ साल पछिको करिब २४ बर्ष काङ्गेस एमालेले सरकारको नेतृत्व गर्दा मुलुकका महत्वपुर्ण नदीनाला र उद्योग धन्दा बेचेको आरोप समेत लगाए ।

सो अवसरमा नेकपा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य एबं जिल्ला संयोजक फमलाल निउरे, वाईसियल नेपालका ४ नम्वर ईन्चार्ज सुमन देबकोटा, नेकपा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य एबं जिल्ला सह ईन्चार्ज चन्द्र बहादुर बुढा सागर, केन्द्रिय सदस्य प्रकाश घर्ति, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य कोपिला कंडेल र अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष पदम खत्रि लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

अधिवेशनले झमान पाण्डेको अध्यक्षतामा ६५ सदस्यीय योङ्ग कम्य्ुनिष्ट लिग (वाईसीयल) जिल्ला कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अरबीन थापा, राजन कुमार पाईजा, बिपिन बिक, सचिव धुर्व चोखाल,सहसचिव रमेस घर्ति, मिलन रेश्मी मगर, याम बहादुर थापा र कोषाध्यक्ष सबिना धर्ती लगायत ६५ सदस्यीय नयां कार्यसमिति सर्वसम्मत चयन भएको वाईसियलले जनाएको छ । कार्यक्रम वाईसियल नेपालका केन्द्रिय सदस्य एबं बागलुङ्ग जिल्ला संयोजक नरेस केसीको अध्यक्षता, उपाध्यक्ष अरबिन थापाको स्वागत मन्तब्य र सचिव झमान कुमार पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक