२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमाथिको नाकाबन्दी अन्तर्राष्ट्रिय कानूनविपरीत: टर्कीस राष्ट्रपति

२०७४, १२ असार सोमबार ०८:२५

असार ११, काठमाडौँ । कतारमाथि गल्फका विभिन्न देशले लगाएको प्रतिबन्ध अन्तर्राष्ट्रिय कानून विपरीत भएको धारणा राख्नुभएको छ । 

टर्कीस् राष्ट्रपति रिसेप तैयप एर्दोगानले आइतबार यस्तो धारणा राख्नुभएको हो । उहाँले भन्नुभएको छ– कतारमाथिको प्रतिबन्ध सरासर अन्तर्राष्ट्रिय कानूनविपरीत रहेको छ र त्यसलाई खुकुलो बनाउने निहूँमा ती देशले कतारमाथि राखेका विभिन्न शर्तहरु झनै अवैधानिक छन् । 

कतारमाथि उसका छिमेकी गल्फ देशले नाकाबन्दी लगाएका छन् । कतारमाथि नाकाबन्दी लगाउनुको साथै उसँगको कूटनीतिक सम्बन्ध पनि विच्छेद गरेका साउदी अरेबियालगायतका देशले पछिल्लो समयमा पुनः कतार माथि विभिन्न शर्त राखेका छन् । 

उनीहरुले राखेका शर्तहरुमध्ये एउटा कतारको टेलिभिजन अल जाजिरा बन्द गर्नुपर्ने पनि हो । यो सहित उनीहरुले सामुहिक रुपमा १३ वटा विभिन्न शर्त अघि सारेका छन् । 

कतारले भने ती सबै शर्तमा कुनै पनि नमान्ने जवाफ दिएको छ । ती देशले कतारसँग हिजो शनिबार सम्म शर्त पूरा भएमा मात्र कतारसँग पुनः सम्बन्ध जोड्ने चेतावानी दिएका थिए । 

टर्कीको सरकारी समाचार समिति अनादोलु समाचार समितिले राष्ट्रपति एर्दोगानलाई उद्धृतगर्दै भनेको छ– हामी कतारको साथमा छौँ, कतारले शर्त स्वीकार्य छैन भनी दिएको अभिव्यक्तिको हामी स्वागत गर्दछौँ । 

कतारमाथि यस्तो प्रतिबन्ध लागेको दुई हप्तापछि चारवटा गल्फ देशले कतारमाथि शर्त राखेका छन् । कतार समस्याको समाधानका लागि अगुवाई गरेको भन्दै कुवेतले मध्यस्थता गरेको छ । 

कुवेतमार्फत नै यो शर्तको कुरा आएको हो । 

ती शर्तहरुमा दोहामा रहेको टर्कीको सैनिक पोष्ट पनि हटाउनुपर्ने भनिएको छ । त्यो शर्तमा पनि कतार सहमत नभएको बताइएको छ । 

टर्कीस् राष्ट्रपति तैयपले दोहामा रहेको टर्कीस् सैनिक पोष्ट हटाउनका लागि गल्फ देशहरुले दिएको आदेशले टर्कीको अपमान गरेको बताउनुभएको छ । उहाँले यो शर्त कतारले नमानेर ठीक गरेको बताउनुभएको पनि सो समाचारमा उल्लेख गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ