नेपालीलाई अपमान गर्ने सिमा सुवेदीले माफि मागिन् (भिडियो हेर्नुहोस्)

साझासवाल
1 Min Read

असार १२, काठमाडौँ | सामाजिक संजालमा भाईरल बनेकी सीमा सुबेदी (श्रेष्ठ) ले माफी मागेकी छन् । भारतीय मुलकी नेपाली भाषी सुबेदी एसीया इन्टरनेशनल वर्ल्ड २०१६ की विजेता समेत हुन् ।

सामाजिक संजाल फेसबुक मार्फत मध्यरातमा एकाएक लाईभ आएर तुच्छ शब्द प्रयोग गरी नेपालीहरुलाई गाली गर्दै सामाजिक संजालमा भाईरल बनेकी सीमा सुबेदीले अन्तत फेसबुक लाईभ गर्दै नेपाली भाषामा नै बोलेर सबै नेपालीसामू माफि मागेकी हुन् ।

पहिलो भिडियोमा उनले नेपालीहरु माथि तिखो टिप्पणी गर्दै अपमानित गरेकी थिइन । त्यसपछि सामाजिक सन्जालमा भएको आलोचना पछि निकै संयमित तरिकाले पुनः अर्को भिडियो सन्देश शेयर गर्दै घुमाउरो पारामा नेपाली समुदाय समक्ष क्षमा मागेकी छिन् ।

विश्वमा भएका हामी सबै गोर्खाली नेपाली भाषि एक हौँ, हामीलाई साथ दिनुहोस्, सबै मिलेर नेपाली भाषाको जर्गेना गरौँ भन्दै उनले माफी मागेकी हुन् ।

शुक्रबार मध्यरातमा लाईभ आएर नेपालीहरु इंडियामा भाडा माझ्न आउँछन् जस्ता विभिन्न आलोचना गर्दै उनी लाईभ आएकी थिईन् । उनको उक्त भिडियो सार्वजनिक भएसंगै देश, विदेशबाट थुर्पै नेपालीहरु उनको विरोधमा उत्रिएका थिए ।

हेर्नुहोस् भिडियो

Share This Article
Leave a Comment

Leave a Reply