साउन ७, काठमाडौँ । कतार माथी विभिन्न छिमेकी देशहरुले नाकाबन्दी गरेपछि पहिलो पटक कतारका राजले त्यसबारे मुख खोलेका छन् ।

साउदी अरव, मिश्र, बहराइन र संयुक्त अरव इमिरेटका तर्फबाट आर्थिक नाकाबन्दीपछि कतारका अमीर तमीम बिन हमद अल थानीले पहिलो पटक बर्ताका लागी आह्वान गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

कतारका अमीरले भनेका छन कि कतारलाई घेरावन्दी गरेपछि जनजीवन सामन्य रुपमा चलेको छ । उनले यो पनि भनेका छन कि कतार कुनै पनि बाहिरी दवावका कारण चरमपन्थीसँग लडेको छैन ।

यस भन्दा अगाडि अमेरिकी विदेश मन्त्री रैक्स टिलरसनले भनेका थिए कि जिहादी समूहको आर्थिक मद्धत रोक्ने सम्झौताको कतारको प्रयासमा अमेरिका सन्तुष्ट छ ।

अमेरिकाले खाडी देशमा पनि भनेको छ कि कतारको बहिस्कारमा नरम नीति अपाउनुस् । टिलरसनले नाकाबन्दीका कारण कतारी जनतामा चिन्ता थपिएको छ ।

साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले कतारले चरमपन्थी समूहको समर्थन गरेको आरोप लगाउँदै कतारसँगको सम्बन्ध तोडेका थिए ।