साउन ७ | भारतको केरला राज्यका प्रसिद्ध मलयाली लेखक केपी रमनउन्नीलाई एउटा बेनामे धम्कीपूर्ण पत्र पुगेको छ । पठाउनेको परिचय नखुलेको पत्रमा रमनउन्नीको लेखनका कारण म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७ | भारतको केरला राज्यका प्रसिद्ध मलयाली लेखक केपी रमनउन्नीलाई एउटा बेनामे धम्कीपूर्ण पत्र पुगेको छ । पठाउनेको परिचय नखुलेको पत्रमा रमनउन्नीको लेखनका कारण म"/>
2026-06-18 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लेखकलाई ६ महिनाभित्र मुस्लिम नबने हातखुट्टा काटिदिने धम्की

साउन ७ | भारतको केरला राज्यका प्रसिद्ध मलयाली लेखक केपी रमनउन्नीलाई एउटा बेनामे धम्कीपूर्ण पत्र पुगेको छ । पठाउनेको परिचय नखुलेको पत्रमा रमनउन्नीको लेखनका कारण मुस्लिम युवक भड्किएको भन्दै ६ महिनाभित्र मुस्लिम नबने दाहिने हात र देब्रे खुट्टा काटिदिने धम्की दिइएको छ । 

लेखकले पत्रबाट पत्र कसले पठाएको हो भन्ने नखुलेपनि मलप्पुरम जिल्लाको मंजेरीबाट आएको हुन सक्ने आशंका गरेका छन् । लेखकले प्रहरीलाई पत्रको बारेमा जानकारी गराइसकेको बताएका छन् । 

यदि पत्रमा लेखिए अनुसार नगरे उनलाई प्रोफेसर टिजे जोसफलाई जस्तै व्यवहार गरिने धम्की पनि दिइएको छ । सन् २०१० मा एक चरमपन्थी मुस्लिम संगठनसँग जोडिएको समूहले प्रोफेसर जोसेफको दाहिने हात काटिदिएको थियो । प्रोफेसर जोसेफमाथि धार्मिक भावनामा ठेस पुर्‍याएको आरोप लगाइएको थियो । 

पछिल्लो समय भारतमा अभिव्यक्ति दिएकै कारण लेखक तथा कलाकारहरुमाथि आक्रमण भैरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु