४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

संघीय बजेट समृद्ध नेपाल सुखी नेपाली तर्फउन्मुख मुख्यमन्त्री राई

१६ जेष्ठ २०७५, बुधबार १६:३२

जेठ १६, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारद्वारा मंगलबार प्रस्तुत गरिएको बजेट समग्रमा राम्रो रहेको बताउनुभएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ द्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय बृहत् कार्यशाला गोष्ठीमा उहाँले समृद्ध नेपाल सुखी नेपाली नारातर्फ बजेट उन्मुख रहेको बताउँदै प्रष्टरूपमा संघीयताको कार्यान्वयनमा अग्रसर रहेको छ भन्नुभयो । 

उहाँले प्रदेश सरकारले विकास र समृद्धि कायमका लागि बजेट निर्माणका लागि आफ्नो लक्ष्य लिएको बताउँदै पहिलो कृषि, दोस्रो पर्यटन, तेस्रो जलस्रोत र उद्योगधन्धामा ध्यान केन्द्रित गर्दै जनतालाई समृद्धि बनाउने अभियानमा लागेको धारणा व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री राईले प्रदेश सरकारले जनताका चाहना र सपना, घोषणापत्र, अल्पमध्य र दीर्घकालीन योजना तर्जुमा गर्न विज्ञको सुझावअनुसार बजेट निर्माण गर्ने बताउनुभयो । 

उहाँले प्रदेश सरकार स्वदेशी र विदेशी लगानीलाई भित्र्याइ उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी यस क्षेत्रको जनताको आर्थिक जीवनस्तर वृद्धि गर्न कटिबद्ध रहेको छ भन्नुभयो । 

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश समृद्धि कायम गर्ने पर्यटन, कृषि, उद्योगको विकासमा सबैको सहयोग आवश्यक रहेको बताउँदै आर्थिक समृद्धिको अघि बढ्न प्रदेश सचिवालयको सहयोग सदैव रहनेछ भन्नुभयो । 

उहाँले बजेट, कानून निर्माण कार्यमा स्थानीय निकाय र प्रदेशसभा सदस्यबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने बताउनुभयो । 

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले गोष्ठीबाट प्राप्त सुझावले मुलुकको समृृद्धिमा सहयोग पुग्ने बताउनुभयो । 

जिल्ला समन्वय समितिका प्रदेश अध्यक्ष बवि चाम्लिङ, नेपाल नगरपालिका संघ प्रादेशिक समितिका महेश बस्नेत र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशका उपाध्यक्ष राजेन्द्रबहादुर राउतले प्रदेशको आर्थिक समृद्धि कायम गर्न आवश्यकपर्ने सुझाव प्रस्तुत गर्नुभएको थियो । 

एकदिने उक्त गोष्ठीमा ‘प्रदेश नं १ को बृहत् वस्तुस्थिति र योजना’ डा पीताम्बर शर्मा, ‘प्रदेश नं १ को तुलनात्मक लाभका क्षेत्र तथा अवसर’ उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अविनाश बोहरा, ‘प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र’ संघीय मामिला तथा सामान्य प्र्रशासन मन्त्रालय सचिव दिनेश थपलिया, ‘प्रदेशको वित्तीय स्रोत परिचालनको स्थिति तथा सम्भावना’ डा खिमलाल देवकोटा र महिलामैत्री बजेट निर्माण सरु जोशीले विषयको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

एकदिने कार्यशालामा प्रदेश नं १ का मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, प्रदेशका नगरपालिकाका प्रमुख, गाउँपालिकाका प्रमुख, उद्योगी र व्यापारीको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता