Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

जीपबाट खसेर बालकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ १६, सुर्खेत ।&nbsp;</b>दैलेखमा जीपबाट खसेर एक बालकको मृत्यु भएको छ । सुर्खेतदेखि दैलेखको गुराँस गाउँपालिकाको पातिहाल्नाका लागि छुटेको जीपबाट खसेर दुई वर्षिया बालकको मृत्यु भएको हो ।</p><p><br></p><p>गुराँस गाउँपालिकाको रानिमत्ता प्रहरी चेकपोष्ट नजिकै भे १ ज ५४५ नम्बरको जीपबाट खसेर सुर्खेतको बराहताल–५ का पुस्कर घर्ती मगरको मृत्यु भएको रानिमत्ता प्रहरी चेकपोष्टले जानकारी दिएको छ । प्रत्यक्षदर्शी मदन विकका अनुसार जीपको ढोकाबाट खसेर बालकको मृत्यु भएको हो । प्रहरी चेक पोष्ट नजिकै जीपबाट खसेर बालकको मृत्यु हुनु सवारी चेकजाँचमा लापरवाही भएको आफन्तको आरोप छ । जीपबाट खसेर घटनास्थलमै मृत्यु भएका बालकलाई पोष्टमार्टमका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा राखिएको छ ।</p>