५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

टेलिकमले लियो आम्दानी वृद्धि गर्ने लक्ष्य

२८ श्रावण २०७५, सोमबार ०७:५७

साउन २८, काठमाडौँ | नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७५÷७६ मा दश प्रतिशत आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको छ । 

टेलिकमले चालू आवमा सञ्चालन आय रु ४४ अर्ब २५ करोड पुर्याउने लक्ष्य तय गरेको छ । एकीकृत मर्मत एकाइ परिचालन गरी मर्मतसम्भार चुस्त गर्ने र मर्मत सुधारलाई प्राथमिकता दिई सेवा गुणस्तरीय बनाउने टेलिकमको लक्ष्य छ । 

टेलिकमको गत आवको कूल आय रु ४५ अर्ब ५६ करोड ५८ लाख रहेको छ । अघिल्लो आवको तुलनामा गत आवमा टेलिकमको आम्दानी दुई दशमलब १९ प्रतिशतले वृद्धि भएको छ भने सो अवधिमा रु १५ अर्ब ६६ करोड ७५ लाख नाफा कमाएको छ । कम्पनीको मुनाफा अघिल्लो आवको तुलनामा गत आवमा एक दशमलब ९२ प्रतिशत वृद्धि भएको छ । 

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले चालू आवमा भ्वाइस सेवातर्फ कूल २७ लाख ३३ हजार टेलिफोन लाइन‍ थप वितरण गरी टेलिघनत्व ७० प्रतिशत पु¥याउने तथा डाटा सेवाको घनत्वमा वृद्धि गर्दै ४५ प्रतिशत पुर्याउने लक्ष्य रहेको जानकारी दिनुभयो । चालू आवमा पिएसटिएन नौ लेन लाइन सेवातर्फ ४२ हजार २६१ लाइन टेलिफोन वितरण गर्ने र सोही अनुरुप मुलुकका ग्रामीण तथा शहरी क्षेत्रमा आइपी प्रविधिका उपकरणबाट भ्वाइस, डाटा र अन्य सेवा प्रदान गर्ने टेलिकमको लक्ष्य छ । 

“चालू आवमा एक लाख लाइन आइपी प्रविधिबाट प्रतिस्थापन गरी पिएसटिएन सेवाको कूल जडित क्षमताको करीब ५० प्रतिशत उपकरण (चार लाख ५० हजार लाइन क्षमता) आइपी बेस्ड प्रणालीबाट सञ्चालन गरिनेछ”, उहाँले भन्नुभयो । 

डाटा सेवा विस्तारका लागि फोरजी÷एलटिई सेवामार्फत वायरलेस ब्रोडब्याण्ड सेवालाई थप प्रवद्र्धन गर्दै शहरी क्षेत्रका ग्राहकलाई उच्च क्षमताको डाटा सेवा प्रदान गर्न काठमाडौँलगायत अन्य ठूला शहरमा तीन लाख क्षमताको ‘फाइबर टू दी होम नेटवर्क’ विस्तार गरी एक लाख ग्राहकलाई सेवा प्रदान गरिनेछ । टेलिकमले विद्यालय, स्वास्थ्य संस्था र गाउँपालिकामा वाइम्याक्स प्रविधिमार्पmत न्यूनतम ५१२ केविपिएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सेवा स्थापना गरी मुलुकका ७७ वटै जिल्ला सदरमुकाम र प्रमुख व्यापारिक केन्द्रमा वाइफाई सेवा सञ्चालन गरिनेछ । 

मुलुकमा सूचना महामार्गको पूर्वाधार विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषबाट वित्तीय सहयोग प्राप्त हुने गरी प्रदेश नं १,२ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण विस्तार गर्ने टेलिकमले जनाएको छ । पाँचथरको चियो भञ्ज्याङदेखि गोरखा र धादिङको सीमा क्षेत्र आरुघाटसम्म दुई हजार १७९ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर विस्तार गरिनेछ । 

पोस्टपेडतर्फ ५९ हजार ८३० लाइन र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन वितरण गर्ने टेलिकमको लक्ष्य छ । “मुलुकका प्रमुख शहरमा फोरजी सेवा आरम्भ भइसकेकोछ,” प्रवक्ता वैद्यले भन्नुभयो । मुलुकभर गुणस्तरीय थ्रिजी सेवा उपलब्ध गराउने लक्ष्यसहित टेलिकमले चालू आवमा थप बिटिएस जडान गरी सेवा विस्तारलाई तीव्र पारेको छ । सातवटै प्रदेशमा फोरजी एलटिई सेवा विस्तार गर्न बोलपत्र आह्वान गरेको टेलिकमले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता